Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

रायमाझीद्वारा क्याम्पसलाई २० लाख मूल्य वरावरको घडेरी नि:शुल्क प्रदान

Published on 7:36:00 PM //

जनार्दन घिमिरे
गुल्मी, १६ माघ ।  गुल्मीका एक व्यक्तिले आफ्नो पैतृक सम्पत्ति मध्यको केही हिस्सा स्थानीय एक क्याम्पसलाई निशुल्क रुपमा प्रदान गर्नु भएको छ । वामी गाविस २  स्थायी घरभई हाल अमेरीकामा वसोवास गर्दै आउनु भएका मकर वहादुर रायमाझीले उक्त जग्गा स्थानीय रुद्रावती वहुमुखि क्याम्पसलाई प्रदान गर्नु भएको हो । उहाँले वामी टक्सार स्थित वसपार्कमा रहेको १७ हातको करिव २० लाख मूल्य पर्ने एउटा घडेरी क्याम्पसका नाममा प्रदान गर्नु भएको हो ।
क्याम्पसका लागि आफुले निशुल्क रुपमा प्रदान गरेको जग्गाको लालपुर्जा
क्याम्पसका प्रतिनिधि टंक भण्डारीलाई हस्तान्तरण गर्दै जग्गादाता
मकर वहादुर रायमाझी । तस्विर ः जनार्दन घिमिरे
आफ्ना स्वर्गीय वावु प्रेम वहादुर रायमाझी र आमा हीरा कुमारी रायमाझीको स्मृतिमा क्याम्पसलाई उक्त जग्गा प्रदान गरिएको रायमाझीले वताउनु भयो । सामाजीक काममा सधै सहयोगी भावना राख्दै अआउनु भएका स्वर्गीय प्रेम वहादुर रायमाझीले आफु मरेपछि पनि आफ्ना छोराहरुलाई समाजकालागि अविस्मरणीय काम गर्नुपर्छ भन्ने मान्यतावाट प्रभावित वनेर आफुले क्याम्पसलाई सहयोग गरेको उहाँले वताउनु भयो । रायमाझीले आउँदा दिनहरुमा क्याम्पसमा अध्यनरत अति विपन्न एवं दलीत तथा जनजाती विद्यार्थीहरुलाई लक्षीतगरि छात्रवृतीका लागि अक्षयकोषको स्थापना गरिदिने प्रतिवद्धता समेत व्यक्त गर्नु भएको छ ।
क्याम्पसका प्रतिनिधि एवं विद्यालय श्रोत व्यक्ति टंक भण्डारीलाई आफुले निशुल्क रुपमा प्रदान गरेको जग्गाको लालपुर्जा हस्तान्तरण गर्नु भएको थियो । जग्गाको लालपुर्जा ग्रहण गरेपछि श्रोत व्यक्ति भण्डारीले विदशमा वसेर पनि आफ्नो गाउँठाउँ र शिक्षाको क्षेत्रमा रायमाझीले गरेको सहयोग र सदुभावप्रति धन्यवाद एवं वधाई ज्ञापन गर्दै उक्त सहयोग क्याम्पसकालागि अनुकरणीय रहेको वताउनु भयो ।   


0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग