Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

नवलपरासीको जमुनिया गाविस जिल्लाको २५औं खुल्ला दिशामुक्त गाविस घोषणा, कार्यन्वयनतर्फ जोड दिनुपर्ने सहभागिको भनाई

Published on 8:50:00 PM //

कृष्ण बिसी 
नवलपरासी, माघ ७ । नवलपरासीको जमुनिया गाविसलाई जिल्लाको २५ औ खुल्ला दिशामुक्त गाविस घोषणा गरिएको छ ।गाविसका १ हजार ८ सय २५ घरधुरीले ब्यवस्थीत शौचालय निर्माण गरी प्रयोग गर्न थालेपछी गाविसलाई आज एक कार्यक्रमका बिच खुल्ला दिशामुक्त गाविस घोषणा गरिएको हो । जमुनियाको सेमरीमा सम्पन्न कार्यक्रममा बोल्दै प्रमुख अतिथी प्रमुख जिल्ला अधिकारी केशवराज घिमिरेले पछाडी परेका बिभिन्न समुदायहरुको बसोवास रहेको क्षेत्रमा पनि गाविसको सक्रियतामा खुल्ला दिशामुक्त क्षेत्र घोषणा गर्नु अत्यन्तै चुनौतीपुर्ण र प्रशंसनिय रहेको भन्दै कार्यन्वयन तर्फ अग्रसर हुन सुझाव दिनुभयो ।सोही कार्यक्रममा बोल्दै बिशेष अतिथी जिल्ला बिकास समितीका योजना अधिकृत मान ब खडकाले दिशामुक्त गाविस घोषणा गरेर मात्र नहुने बताउदै तोकिएका मापदण्ड पालना गरेको खण्डमा मात्र घोषणाको औचित्य रहने बताउनुभयो ।उक्त कार्यक्रममा बोल्ने अधिंकाश बक्ताले घोषणाको कार्यन्वयनमा जोड दिदै पछाडी परेको गाविसपनि यसरी खुल्ला दिशामुक्त घोषणा भएकोमा खुसी ब्यक्त गरेका थिए । एक घर एक चर्पी हामी सवैको सान,पुर्ण सरसफाई अबको हाम्रो अभियान भन्ने मुल नाराका साथ सम्पन्न कार्यक्रममा उपस्थीत जुमुनिया गाविसवासीले शौचालयमा मात्र दिसापिसाब गर्ने प्रतिबद्धता जनाएका थिए । गाविस सचिव गणेश प्रसाद बिकेको अध्यक्षता रहेको कार्यक्रममा जल उपभोक्ता सस्था नेपाल गण्डक पश्चिमी नहर सिचाई प्रणालीका अध्यक्ष हैदरअलि मुमिन,उद्योग बाणिज्य सघंका जिल्ला उपाध्यक्ष गणेश पोखरेल,आर्दश उच्च माध्यमिक बिद्यालयका प्रार्चय बिश्म्बर शाहनी,बिभिन्न सरकारी कार्यलयका प्रमुख,सुरक्षा निकायका प्रमुख,बिभिन्न सघंसस्थाका प्रतिनिधी,सरोकारवाला,पत्रकार लगाएतको सहभागिता रहेको थियो ।कार्यक्रममा बिभिन्न समुदायका कलाकारहरुले आप्नो सस्कृती झल्कने कलात्मक प्रस्तुतीहरु प्रस्तुत गर्नुका साथै जनचेतनामुलक नाटक प्रस्तुत गरेका थिए । कार्यक्रमममा आप्नो प्रतिवेदन प्रस्तुत गर्दै गाविस सचिव बिकेले पछाडी परेका समुदायको बाहुल्यता रहेको त्यस क्षेत्रमा शौचालयमा दिशापिसाव गर्नुपर्छ भन्ने मानसिकता नभएका कारण जनतालाई बुझाउन धेरै समय लागेको बताउनुभयो ।साथै उहाले आगामी दिनमा शौचालयको सही प्रयोग भएनभएको बारे आफुहरुको अनुगमन चल्ने बताउदै जिल्लामै सरसफाईको क्षेत्रमा नमुना बनाउन आफुहरु सदैव लागिपर्ने प्रतिबद्धता जनाउनुभयो । कार्यक्रममा गाविसलाई खुल्ला दिशामुक्त घोषणा गर्न सहयोग गर्ने बिभिन्न सामाजीक ब्याक्तीत्व,बिभिन्न राजनैतिक दलका प्रतिनिधी,बिभिन्न सघंसस्था,स्थानिय सरसफाई समिती,गाउटोल समिती,पत्रकार बालक्लव, लगाएतलाई सम्मान गरिएको थियो । गाविस सचिव शान्ता गौतमको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन गाविस मेलमिलाप समितीका सदस्य ईश्वरी घिमिरे र सुआहरा कार्यक्रमका सहजकर्ता सिर्जना अधिकारीले गर्नुभएको थियो ।कार्यक्रमको आज दिउसो सामुदायिक रेडियो दाउन्ने १०३ दशमलव ४ मेगार्हजले प्रत्यक्ष प्रसारण गरेको थियो ।    

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग