Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

बागलुङ नगरलाई आगामी १० वर्ष भित्र भोकमुक्त नगर बनाइने

Published on 8:51:00 PM //

कबिता घर्ती मगर
बागलुङ, माघ ७ । बागलुङ नगरपालिकालाई आगामि १० वर्ष भित्र भोकमुक्त नगर बनाईने भएको छ ।
नगरपालिकाको १८ औ नगर परिषदले दिगो आर्थिक विकास र आत्मनिर्भरता, समृद्ध समाज आजको आवश्यकता भन्ने मुल नाराका साथ भोक मुक्त नगर बनाउने निति अख्तीयार गरेको हो ।
कृषि उपजमा व्यवसायिकरणको माध्यमबाट खाध्य सुरक्षालाई मजबुद बनाउने र कृषि उत्पादनमा नगरलाई आत्मनिर्भर बनाई भोकमुक्त नगर बनाउने योजना रहेको नगरपालिकाका कार्यकारी अधिकृत हरिदक्त कडेलले जानकारी दिनुभयो ।
नगरभित्र कोहि पनि भाकै बस्न पर्ने अवश्था नआवोस भनेर विभिन्न सरकारी तथा गैर सरकारी कार्यालय संग समन्वय गरि भोकमुक्त नगर बनाउने अभियान सञ्चालन गर्न तयारी नगरपालिकाले गरेको छ ।
नगरको शहरी गरिवि न्युनिकरण कोषको अधिकतम परिचालन गरि आय आर्जन तथा स्वरोजगार सिप विकास कार्यक्रम सञ्चालन गर्ने र कृषि पेशामा नगरबासिलाई अकर्षित गर्ने कडेलले बताउनुभयो । कृषि पेशमा लाग्ने युुवालाई विभिन्न साझेदारि संस्था, नगरपालिका र अन्य सरकारी कार्यालयसंग समन्वय गरि आश्यक तालिम, प्रविधि र ऋण प्रदान गर्ने कडेलले जानकारी दिनुभयो ।
नगरभित्र रहेने कसैलाई पनि हात थापेर खाने अवश्था नल्याउनका लागि नगरपालिकाले नगरभित्र अनाथाश्रम र पुनस्थापना केन्द्र सञ्चालन गर्ने बताएको छ । नगरभित्र रहने सडक बालबालिका र बेवारिसि व्यक्तिका लागि आश्रम पुन स्थापना केन्द्र सञ्चालन गर्ने कडेलले जानकारी दिनुभयो ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग