Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

चेक रिपब्लिकमा खिचडी खाने कार्यक्रम सम्पन्न

Published on 3:08:00 AM //

चेक रिपब्लिक । नेपाली चौतारी चेक रिपब्लिकले माघ महिना पारेर गत जनवरी २६ मा खिचडी खाने कार्यक्रम सम्पन्न गर्यो । चेक रिपब्लिकमा रहनुभएका  सम्पूर्ण नेपालीहरुमा भाइचारा बढाउनु साथै सँस्थाको कोषको लागि अर्थ संकलन गर्ने उद्देश्यका साथ आयोजित कार्यक्रममा उपस्थित सबैलाई खिचडी खुवाउनुका साथै साँस्कृतिक कार्यक्रम पनि आयोजना गरिएको थियो । 
वामी गा.बि.स.मा शिक्षा र स्वास्थ्यमा ठुलो योगदान पुर्याउनुभएका समाजसेबी श्री लिलाम्बर सापकोटाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा एनआरएन चेक रिपब्लिकका अधक्ष्य  जितेन्द्र रायमाझीको पनि बिशेष आतिथ्यता रहेको थियो । 
सापकोटा र रायमाझिलाई चौतारीले खादा ओढायर सम्मान समेत गरेको थियो । बिभिन्न नेपाली परिकारहरु साथ आयोजित कार्यक्रममा स्थानीय प्रतिभाहरु गायक प्रकाश सापकोटा र बैकुण्ठ रायमाझीले गीत प्रस्तुत गर्नु भएको थियो भने दिलु भुषाल, सरिता सापकोटा पाण्डे र सुस्मिता रायमाझीले नेपाली पोसाकमा सजियर नाच प्रस्तुत गर्नुभएको थियो ।  
धेरै जसो नेपाली पाहुनाहरु नेपाली ढाका टोपी र भादगाउले टोपिमा सजिएर आएको द्रिश्यलाई त्यहाँका स्थानीय पाहुनाहरुले खुबै चाख मानेर हेरेका थिर । कार्यक्रमको लागि स्थानिय ब्यवसायीद्वय छत्र अधिकारी र अर्जुन सापकोटाले रेस्टुरेन्ट उपलब्ध गराउनु भएको थियो ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग