Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

यस्तो छ एनआरएन युकेमा चर्केको बिबाद

Published on 11:32:00 PM //

ध्रुबराज अर्याल
लण्डन । एनआरएन युकेका दुई अध्यक्षहरुबीचको विवाद चरम उत्कर्षमा पुगेको छ । ध्यक्षद्धय योगेन क्षेत्री र महेन्द्र कण्डेल पक्ष एक अर्कालाई सहमति उल्लंघन गरेको आरोप लगाउंदै  सार्वजनिक रुपमै आरोप प्रत्यारोपमा उत्रिएका छन । विभिन्न विज्ञप्ती र फेसबुक मार्फत दुई अध्यक्षबीचको विवाद छताछुल्ल हुंदै जांदा दुई पक्षबीच केहि महिना अघि मात्रै भएको एकता नै बिथोलिन सक्ने खालका आशंका समेत बढेका छन।
यसअघि केहि महिनाअघि एनआरएन युकेको नेतृत्व चयनका विषयमा गम्भीर विवाद उत्पन्न भएपछि कण्डेल समुहले निर्वाचन बहिष्कार गरी छुट्टै अधिवेसनमार्फत एक कार्यसमिति घोषणा गरेको थियो।        
उता नेतृत्वमा दाबी गरिरहेका कण्डेल निर्वाचनबाट नै बाहिरिएपछि योगेन क्षेत्री समुहलाई सर्वसम्मत  घोषणा गरिएको थियो । त्यसरी औपचारिक रुपमै फुटेर दुई टुक्रा भएको एनआरएन युके लाई प्राध्यापक सुर्य सुवेदीलगायतको पहलमा पछि फेरी एक भएको घोषणा गरिएको थियो ।
दुई पक्षबीचको एकताको लागि गरिएको सम्झौतामा दुवै अध्यक्ष नेतृत्वको कार्यसमितिले पालैपालो एकएक वर्षसम्म काम गर्नेसहमति भएको थियो। जसअनुसार क्षेत्री नेतृत्वको कार्यसमिति पहिलो वर्षका लागि कार्यकारी भुमिकामा छ । 
गत साता लण्डनमा सम्पन्न एनआरएन युकेको बैठकपछि दुई पक्षबीचका असन्तुष्टि र विवाद फेरी सतहमा आएका हुन । बैठकमा दुई वर्षसम्म नै दुवै अध्यक्ष नेतृत्वका कार्यसमिति कायम रहने गरी संगसंगै मिलेर काम गर्ने सहमति भएका क्षेत्री पक्षले बताएको छ । तर कण्डेल पक्षले भने अध्यक्षको अनुपस्थितीमा अर्का अध्यक्षले काम चलाउने सहमति मात्र भएको र कार्यकारी भुमिका भने एक एक वर्ष पालो नै लिएर गर्नुपर्ने पुरानो सहमति नै कायम रहेको जिकीर गरेको छ । 


अध्यक्ष कण्डेलले केहि दिनअघि एक विज्ञप्ती नै जारी गरी अर्का अध्यक्ष योगेन क्षेत्री सहमतिविपरित अघि बढेको भन्दै आक्रोश व्यक्त गरेका थिए । गत साता सम्पन्न  एनआरएन बैठकमा अध्यक्ष क्षेत्रीले विगतको सहमतिअनुसार एक वर्षपछि      अर्का       अध्यक्ष कण्डेललाई कार्यकारी अध्यक्षको जिम्मेवारी हस्तान्तरण गर्न आफु बाध्य नहुने भनी दिएको अभिवयक्तिप्रति कण्डेलले आपत्ति जनाएका छन । अध्यक्षको उक्त अभिव्यक्ति अविलम्ब फिर्ता गरी गल्ती सच्चाउन उनले माग गरेका छन । कसैसंग सल्लाह नगरी आफनो जिल्लामै लगेर सहयोग रकम बांडेको, विगतका कार्यसमितिबाट भएका आर्थिक अनियमिता छानबिन गर्न पहल नगरेको लगायतका आरोप पनि कण्डेलले क्षेत्रीमाथि लगएका छन ।
जवाफमा अध्यक्ष क्षेत्रीले पनि एक विज्ञप्ती जारी गर्दै आफुमाथि लगाइएका सबै आरोप भ्रामक रहेको दाबी गरेका छन । उनलेआफु विगतको सहमति अनुरुप नै अघि बढेपनि कण्डेल समुहले एनआरएन बैठकमा भएका सहमति विपरित बोल्दै हिंडेको आरोप लगाएका छन । विगतका सहमति अनुसार नै अघि बढने बताउंदै असन्तुष्टिका विषयहरु आउंदो महिना बस्ने कार्यसमितिको बैठकमा उठाउन कण्डेललाई सुझाव दिएका छन । विगतमा एनआरएन आईसिसीबाट समेत मान्यता नपाएको कण्डेल नेतृत्वको कार्यसमितिलाई पनि सम्मानजनक स्थान दिएर समेटेर लैजानका लागि आफुले पहल गरेको भन्द ैक्षेत्रीले आफु सबैसंग मिलेर नै अघि बढ्ने बताएका छन । 
क्षेत्रीले कण्डेल पक्षले उठाएको आर्थिक अनियमितताको विषय छानबिन गर्न सकिने तर कुनै ठोस प्रमाण नै बिना कसैमाथि आरोप लगाउन नसकिने बताएका छन । उनले सबै कुरा सहमतिमैअघि बढीरहेपनि अरु कसैको  बाहिरी दबाबका कारण कण्डेल पक्षले अनावश्यक बखेडा निकालेको भन्दै यस विषयमा गम्भीर हुन उनीहरुलाई आग्रह गरेका छन । 

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग