Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

राजधानीमा पनि चिसो बढ्यो

Published on 12:12:00 PM //

संगिता कुवँर
काठमाडौं, पौष १९ । काठमाण्डौमा पनि चिसो बढेसंगै जनजिबन थप कष्टकर बन्न थालेको छ । पश्चिमी बायु सक्रिय भएर जाने क्रममा बायुमण्डलमा असर परेपछि थप चिसो बढेको हो । यो क्रम अझै केही दिन जारी रहने भएकोले चिसो अझै बढन सक्ने मौसम बिभागले बताएको छ ।
बिहान बेलुका घाम लागे पनि बिहान साझ भने चिसो बढि छ । चिसो बढे संगै मानिसहरु बाहिर कम निस्कने भएकोले बजारमा चहलपहल पनि कम रहेको छ । चिसाले बिशेष गरी बालबालिका र बृद्धबृद्धा थप समस्यामा परेका छन् । यो समयमा छिटो चिसो छोप्न सक्ने तथा निमोनिया रुघा लगाएतका रोग लाग्न सक्ने भएकोले तातो खानेकुरा खान तथा न्यानो कपडा लगाउन चिकित्सकले सुझाव दिएका छन् । चिसो बढे संगै बिद्यालयमा जाडो बिदा समेत सुरुभएको छ ।जाडोमा उनिका कपडा तथा माछा मासुको ब्यापारमा बृद्धि भएको ब्यबसायिको भनाई छ ।   

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग