Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

सार्वजनिक सुनुवाईमा सर्वसाधारण भन्दा कर्मचारीहरु वढी

Published on 10:40:00 PM //

जनार्दन घिमिरे
गुल्मी, १८ पुस । सरकारी कार्यालयबाट हुने सेबा प्रवाहमा सर्बसाधारणका गुनासाहरु सुन्नका लागि आयोजना गरिएको सार्वजनिक सुनुवाई कार्यक्रममा विहिवार सेवाग्राही भन्दा सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधिहरुको जमघट वढी देखियो । कार्यक्रम शुरु गर्दा वालमन्दिर परिशरमा कार्यालयका कर्मचारीहरुमात्र वेञ्चमा टुक्रुक्क वसिरहेका थिए । निर्धारित समयलाई केही वेर धकेलेर भएपनि कार्यालय प्रमुखहरु संचारकर्मि र सेवागा्रहीहरुको प्रतिक्षामा थिए ।
सर्बसाधारणहरु सरकारी कार्यालयहरुले गरेको सार्वजनिक सुनुवाई कार्यक्रममा खासै उपस्थिति हुने नदेखिएपछि कर्मचारीहरु आफ्नो कामको सिलसिलामा वाटोमा हिडिरहेका सर्वसाधारणहरुलाई कार्यक्रम अवधिभर वोलाई वोलाई कार्यक्रममा सहभागि वनाउन दिभर लागि परिरहे । कार्यक्रममा सेवा ग्राहीहरुको उपस्थिति नहुँदा सार्वजनिक सुनुवाई फितलो हुने त्रासले उनीहरुले यस्तो प्रकृया अपनाएका हुन् । जिल्ला प्रशासन कार्यालय गुल्मीले आयोजना गरेको उक्त कार्यक्रममा स्थानीय रेडियोहरुवाट एकसातासम्म सूचना प्रवाह गरि सहभागि हुन निम्ता समेत दिईएको थियो । तर सर्व साधारणहरु भने यस्ता औपचारिक कार्यक्रम केवल कार्यालयको झाराटराई र नगरि नहुने वाध्यतावस विरालो वाध्ने काम मात्र गर्ने गरेको वताए ।

‘सर्बसाधारण खासै आएनन्, हामीले सूचना प्रशारण गरेपछि सर्बसाधारण आउलान् भन्ने अपेक्षा गरेका थियौँ’ सहाय प्रमुख जिल्ला अधिकारी विष्णु घर्तिले भने ‘यसले सर्बसाधारणहरु सरकारी कार्यालय प्रति चासो राख्दैनन् भन्ने पनि बुझिन्छ ।’ घर्तिले सर्बसाधारणका सरकारी कार्यालय प्रति गुनासो नभएकोले पनि यस्तो हुन सक्ने बताए । तर सरकारी कार्यालयहरुले सार्वजनिक सुनुवाई गरेपनि सर्वसाधारणका दुखेसोलाई सुनेको नसुनै गर्ने भएकोले पनि सर्बसाधारणहरु सार्वजनिक सुनुवाईमा नआएको कतिपयको विश्लेषण छ । ‘सार्वजनिक सुनुवाईपछि सेबा प्रबाहमा खासै फरक परेको देखिँदैन, त्यहि भएर पनि सर्बसाधारण नआएका पो हुन की ?’ एक जना सकारी कार्यालयका कर्मचारीले भने ।
कार्यक्रममा उपस्थित भएका केही पत्रकार र सरोकारवालाहरुले मात्रै सरकारी कार्यालयका कमजोरीहरु औँल्याएका थिए । कार्यक्रममा झण्डै आधा समय पत्रकारहरुले लिए भने केही समय अरु सरोकारवालाहरुले केही गुनासाहरु राखेका थिए । स्थानीय विकास अधिकारी हरीप्रसाद ज्ञवालीले पनि कार्यक्रममा सर्वसाधारणको उपस्थिति न्यून रहेको बताए । ‘हामीले अघिल्लो बर्ष पनि भोगेको यहि हो, पब्लिकको खासै उपस्थिति छैन’ उनले भने ‘यसलाई दुई तरिकाबाट विश्लेषण गर्न सकिन्छ ।’ उनले सर्बसाधारणहरुका गुनासो नहुनाले र सर्बसाधारणहरुले कार्यायहरुले गर्ने सार्वजनिक सुनुवाई कार्यक्रममा विश्वास नगरेकाले न्युन उपस्थिति रहेको हुन सक्ने बताए । साथै उनले अबका दिनमा सार्वजनिक सुनुवाईलाई स्थानीय तहमै पु¥याउने सोँच बनाएको बताए ।

कार्यक्रममा सबैभन्दा बढी पाल्पामा बसेर गुल्मीमा काम गर्ने डिभिजन कार्यालयहरुको कटाक्ष भएको थियो । त्यस्तै जिल्ला विकास समिति, जिल्ला प्रशाशन कार्यालय, बन कार्यालय, बिद्युत प्राधिकरण, शिक्षा, दूरसंचार, पशु सेवा कार्यालय लगायत केही गाविसको सेबा प्रबाहमा केहि समस्या भएको गुनासो आएको थियो । कार्यक्रममा जिल्लालाई दुईपटक सम्म पनि लोडसेडिङ मुक्त घोषणा गरिएको भएपनि लोडसेडिङको प्रति सर्वसाधारणले बिशेष गुनासो गरेका थिए । उक्त कार्यक्रममा ३४ वटा सरकारी कार्यालयका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

गुल्मी ः विहिवार गुल्मीको सदरमुकाम तम्घासमा जिल्ला प्रशासन कार्यालयद्वारा आयोजना गरिएको सार्वजनिक सुनुवाई कार्यक्रम, जहाँ सर्वसाधारणहरु भन्दा कार्यालयका कर्मचारीहरुको उपस्थिति वढी देखिन्थ्यो । तस्विर ः जनार्दन घिमिरे

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग