Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

नेताले दिए जिल्ला कारागारका वन्दीहरुलाई सोलार

Published on 4:12:00 PM //

जनार्दन घिमिरे
गुल्मी, १९ पुस । जिल्ला कारागार गुल्मीका कैदी बन्दीहरुलाई सोलार प्रदान गरिएको छ । कारागारमा विजुली नभएको बेला बस्न अप्ठ्यारो भएको भन्दै कैदीहरुले गुनासो गरेपछि नेपाली कांग्रेस क्षेत्र नम्बर ३ का सभापति दामोदर भुसालले सोलार प्रदान गर्नुभएको हो ।
अनौपचारीक सेवा केन्द्र इन्सेक, सञ्चारीका समूहको पहल तथा पत्रकारहरुको समन्वयमा कारागारमा उक्त ४० वाटको सोलार प्रदान गरिएको हो । २६ हजार ५ सय मुल्य पर्ने उक्त सोलार भुसालले कारागार प्रमुख गोपाल प्रसाद पाण्डेलार्ई एक कार्यक्रमका वीच हस्तान्त्ररण गर्नु भएको हो । सोलार हस्तान्त्ररण गर्दै भुसालले कारागार सुधारगृह भएकाले कारागारको वातावरण राम्रो हुनुपर्ने भन्दै उहाँले कारागारलाई यातना गृह बनाउन नहुने पनि बताउनु भएको थियो । उहाँले नेपालका राजनीतिज्ञहरुले जेल जीवन विताउँदा जेलको सुधार गर्नुपर्ने बताएपनि शक्तिमा पुगेपछि कारागारहरु प्रति खासै चासो नदेखाएकोटिप्पणी गर्नु भयो ।
ईन्सेक जिल्ला संयोजक यज्ञ पन्थीले कैदी बन्दीको समस्या बुझ्न सँधै आउने तर सुधार कहिल्यै नहुने भएकाले सुधारको लागि आफूहरुले यस्तो पहल गरेको बताउनुभयो । सञ्चारीका समूहका अध्यक्ष गगनशिला खड्काले महिला हिँसा विरुद्धको १६ दिने अभियानको क्रममा कारागार अनुगमन गर्ने क्रममा कैदीबन्दीहरुले सँधै रमिता हेर्न मात्रै नआउन भनेपछि आफूहले भुसाललाई आग्रह गरेको र भुसालले उनीहरुको मर्का बुझेर उदाहरणीय काम गरेको बताउनुभयोकार्यक्रममा प्रमुख जिल्ला अधिकारी कमलराज ढकालले राजनीतिक ब्यक्तिले कैदीलाई सहयोग गरेकोमा आभार प्रकट गर्नुभएको थियो । उहाँले जेल भित्रको वातावरण सुधार्नको लागि यस्ता सहयोगहरु आवश्यक रहेको बताउनुभयो । २५ जना क्षमता रहेको गुल्मी कारागारमा अहिले ६७ पुरुष र ८ महिला गरि ७५ जना वन्दिहरु रहेका छन् ।

प्रमुख जिल्ला अधिकारी कमलराज ढकाल मार्फत कारागार प्रमुख गोपाल प्रसाद पाण्डेलाई सोलार प्रदान गर्दै भुसाल । तस्विर ः जनार्दन घिमिरे

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग