Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

विभिन्न क्षेत्रमा योगदान पुर्याएका व्यक्ति तथा संघ संस्थालाई बुर्तिबाङ गाबिसको सम्मान

Published on 3:56:00 PM //

राम सुवेदी
बुर्तिबाङ । यसैबीच बुर्तिबाङ गाउँ विकास समिति अन्तरगतका विभिन्न क्षेत्रमा योगदान पु¥याएको भन्दै यहाँ स्थित संघ संथा तथा व्यक्तिलाई गाविस कार्यलयले एक कार्यक्रमका बीच सम्मान गरेको छ ।

गाविसले गाउँ विकास समितिका विभिन्न सरकारी कार्यालयमा रहेर लामो समयसम्म दीर्घ सेवा प्रदान गर्दै आएका कर्मचारी तथा संघ संस्थानलाई सम्मान गरेको हो ।
यसरी सम्मानित हुने हरुमा दीर्घ सेवा प्रदान गर्ने उत्तरगंगा उच्च माध्यमिक विद्यालयका शिक्षक धनबहादुर कुवँर, कुलपति सापकोटा, जीत हादुर पुन, कार्यलय सहयोगी रामबहादुर कुमाल, स्रोत व्यक्ति थम प्रकास छन्त्याल, जनल्याण निम्न माध्यमिक विद्यालयका शिक्षक गंगाहादुर कार्की, प्राथमिक स्वास्थ्य केन्द्र बुर्तिबाङकी निमिक्त कार्यालय प्रमुख लक्ष्मी वानियाँ, कार्यालय सहयोगी प्रेम बहादुर बोहरा, बुर्तिबाङ गाउँ विकास समितिका कार्यालय सहयोगी बोमबहादुर कुमाल, बुर्तिबाङ व्याड मिन्टन संघ, बुर्तिबाङ यातायात व्यवसायि समिति, सामुदायिक रेडियो परिवर्तन र सामुदायिक रेडियो ढोरपाटन रहेका छन् ।
समाजमा योगदान पु¥याउने तथा राम्रो काम गर्नेलाई सम्मान तथा प्रोहत्सान गर्नुपर्ने भन्दै यसखालको कार्याmत्रको आयोजना गरिएको बुर्तिबाङ गानउँ विकास समितिका सचिव नन्दराम भुसालले बताउनुभएको छ । साथै गाउँ विकास समितिले यसरी सम्मान गरेकोमा खुसी व्यक्त गर्दे सम्मानित हुने व्यक्ति तथा संघ संस्थाका प्रतिनिधिले गाउँ विकास समितिको कार्यालयलाई धन्यवाद ज्ञापन गरेका छन् ।

विहिबारबाट जारि शान्ति प्रत्रियामा सकरात्मक धारणा विषयक तालिमको समापन समारोहका अवसरमा उक्त कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमका प्रमुख अतिथि एकीकृत सेवा केन्द्र बुर्तिबाङका प्रमुख तथा गाविस सचिव नन्दराम भुसालले खादा, अविर र सम्मान पत्र दिएर सम्मान गर्नुभएकाmे थियो ।  

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग