Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

विद्यार्थिको भविष्य माथि खेलवाड गरीनु दु:खद, अनेरास्वबियु गुल्मीको ध्यानाकर्षण

Published on 7:50:00 PM //

अनिल खत्री 
गुल्मी, पौस २६ । गुल्मीको सदरमुकाम तम्घासमा रहेको महेन्द्र उच्च मा बि तम्घास गुल्मीले आउदै गरेको कक्षा दशको एस.एल.सि. परीक्षाको सन्दर्भमा एक शैक्षिक बर्षमा विद्यालयमा अध्ययन–अध्यापन भएको कुल अबधिको ७५% अवधि हाजिर भएका विद्यार्थिलाई एस.एल.सि.परीक्षामा समावेस गर्नुपर्ने सरकारी नितिका बिरुद्धमा हुने गरी त्यस विद्यालयबाट लिएको आन्तरीक परीक्षामा विद्यार्थि अनुतिर्ण भएको भन्दै आगामी एस.एल.सि. परीक्षामा समावेस हुनबाट बन्चित गराउन लागिएको भन्ने सुचना प्रति अनेरास्ववियु गुल्मीको गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।
अनेरास्वबियू गुल्मीका जिल्ला अध्यक्ष ओम कार्की द्धारा हस्ताक्षरित ध्यानकर्षण पत्रमा सरकारी नितिको कार्यान्वयन गर्दै अघि बढ्नु पर्नेमा विद्यालयको उतिर्ण प्रतिशत बढी देखाउने नियतका साथ विद्यार्थिको भविष्य माथि खेलवाड गरीनु दुखद विषय भएको उल्लेख गरेको छ । आगामी चैत्र ६ बाट सुरु हुने एस.एल.सि. परीक्षा तयारीको लागी प¥र्याप्त समय बाँकी रहँदा–रहँदै विद्यार्थिलाई मानसिक यातना हुने गरी विद्यालयको तर्फबाट सञ्चालित यस प्रकारका क्रियाकलापहरु तत्काल अन्त्य गरी यथासिघ्र विद्यार्थिले निर्वाध रुपमा परीक्षामा सहभागी हुन पाउने उनीहरुको कानुनी र सरकारी नितिगत हक कार्यन्वयन गर्नु गराउनु हुन अनुरोध गर्दै विद्यालय प्रसासन समक्ष ध्यानाकर्षण पत्र पेस गरीएको बताइएको छ ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग