Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

रेग्मीले नै बोलाए, संविधानसभाको पहिलो बैठक

Published on 5:51:00 PM //

काठमाडौं, पुस २७ - मन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मीले संविधानसभाको पहिलो बैठक माघ ८ गते दिउँसो ३ बजे आहृवान गरेका छन् ।
अन्तरिम संविधान- २०६३ को धारा ६९ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद् अध्यक्ष रेग्मीले संविधान सभाको पहिलो बैठक माघ ८ गते बुधबार अपरान्ह ३ बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, नयाँ बानेश्वरमा आहृवान गरेका हुन् ।
राष्ट्रपति रामवरण यादवले बाटो खोलेपछि अन्ततः मन्त्रिपरिषद् अध्यक्षले नै बैठक बोलाएका हुन् ।
रेग्मीका प्रेस सल्लाहकार विमल गौतमले प्रेस विज्ञप्ती जारी गर्दै संविधान सभाका सदस्यहरुको अन्तिम निर्वाचन परिणाम निर्वाचन आयोगले सार्वजनिक गरेको २१ दिनभित्र प्रधानमन्त्रीले आहृवान गर्ने उल्लेख भएअनुसार रेग्मीले बैठक आहृवान गरेको उल्लेख गरेका छन् ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग