Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

गुल्मीमा थ्रीजी सेवा शुरु

Published on 5:51:00 PM //

जनार्दन घिमिरे
गुल्मी, २६ पुस । नेपाल टेलीकम गुल्मीले आजदेखि सदरमुकाम तम्घासमा नमस्ते मोवाईलमा थ्रीजी सेवा शुरु गरेको छ । उक्त सेवा संचालन भएपछि नमस्ते मोवाईलका ग्राहकहरुले भ्वाईस सेवाका साथै दुइ एमवी सम्मको स्पीडमा ईन्टरनेट चलाउन सक्ने सुविधा रहेको टेलीकम गुल्मीका प्रमुख उमानाथ पोख्रेलले जानकारी दिनु भएको छ ।
थ्रीजी सेवा लिनकालागि ग्राहकहरुले मोवाईलको म्यासेज वक्समा गएर थ्रीजी टाईप गरि १४०० मा सेन्ट गर्नु पर्ने र त्यसपछि उक्त सुविधा प्राप्त गर्न सकिने वताईएको छ । आजदेखि सदरमुकाम तम्घासमा मात्र यो सेवा शुरु गरेपनि केही समयपछि विस्तारै अन्य क्षेत्रमा समेत यो सेवा विस्तार गरिने टेलीकमले जनाएको छ ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग