Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

पत्रकार महासंघको बिज्ञप्ती प्रति गुल्मी कांग्रेसको ध्यानाकर्षण, पत्रकारितालाई राजनितिक पुर्वाग्रह नबनाउन आग्रह

Published on 11:07:00 PM //

भरत पाण्डेय
गुल्मी, २५ पुस । नेपाली कांग्रेसका उपसभापति भुवन प्रसाद श्रेष्ठले पत्रकारलाई गाली बेईज्जती गरेका भन्दै बुधबार नेपाल पत्रकार महासघं गुल्मी शाखाले निकालेको प्रेस बिज्ञप्ती प्रति नेपाली काग्रेस गुल्मीले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ । 
 बिहीबार नेपाली काग्रेस गुल्मीका सचिव छन्द बहादुर पहराई द्धारा हस्ताक्षेरित बिज्ञप्तीमा ब्यक्तिगत भलाकुसारीलाई अतिरञ्जित गरि पत्रकार महासंघले पत्रकारीतालाई राजनितीक पुर्वाग्रह नबनाउन आग्रह गरिएको छ । साथै बिज्ञप्तीमा नेपाली काग्रेसले पत्रकारिता पेशालाई सधैव सम्मान गर्ने समेत उल्लेख गरिएको छ । 
बुधबार काँग्रेका उपसभापति भुवन प्रसाद श्रेष्ठले पत्रकारहरुलाई ‘पत्रकारका गँडियाहरु तिमीहरुले सबै कुरा खोतल्न मिल्छ, विगतदेखि के गर्ने खोजेको होस, ख्याल गर ’ भनेर धम्क्याएपछि पत्रकार महासंघले विज्ञप्ती निकालेर आपत्ति जनाएको थियो ।   सदरमुकाम तम्घासमा रहेको महेन्द्र उच्च माध्यामिक विद्यालयमा १२ जना विद्यार्थीलाई यस वर्षको एसएलसी परिक्षामा सहभागी हुन नदिएको विषयमा जानकारी माग्दा  उहांले पत्रकारहरुलाई अपशब्द प्रयोग गर्नुभएको महासंघले जानएको छ ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग