Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

नवलपरासीमा प्लाष्टीकजन्य फोहोर बढदो, ब्यवस्थापनमा ध्यान पुगेन

Published on 5:48:00 PM //

कृष्ण बिसी 
नवलपरासी, माघ १० । मानीसहरु आफु स्वस्थ्य रहन धेरै प्रकारका क्रियाकलाप गर्ने गर्छन तर मानिसहरुको सानो लापरबाहीका कारण प्रत्यक्ष र अप्रत्यक्ष रुपमा स्वास्थय र बाताबरणमा धेरै असर पुग्ने गरेको छ । 
हामीले दैनिक बजारमा पाईने बिभिन्न खाद्य पदार्थको प्रयोग गर्छौ तर प्रयोग गरिसकेपछी फालिने प्लाष्टीक जन्य फोहोरले स्वास्थ्यमा र बातरबरणमा प्रतिकुल असर पर्ने गरेको हो । नवलपरासीका बिभिन्न ठाउमा प्लाष्टीकजन्य सामाग्रीको उचित ब्यवस्थापन नहुदा स्वास्थ्यमा नकरात्मक असर पर्नुका साथै बजारहरु पनि दुर्गन्धीत बन्न थालेका छन ।दैनिक उपभोग्य सामाग्रीको प्रयोग गरिसकेपछी डस्टविन वा ब्यवस्थीत ठाउमा प्याक्नुपर्छ भन्ने जनस्तरका कारण ब्यवस्थापनमा समस्या देखा परेको छ ।
मानव स्वास्थ्यको दृष्टिकोणले निकै खतरा मानिने कालो प्लाष्टीकको प्रयोगले बिभिन्न समस्याहरु देखापर्ने स्वास्थ्यकर्मीको भनाई रहेको छ । यस कारण कालो प्लाष्टीको बिकल्पमा सेतो प्लाष्टीक प्रयोग गर्नुपने र सकेसम्म कपडाको झोला प्रयोग गर्नुपर्ने सरोकारवालाको भनाई छ । यसैबिच नवलपरासीको बर्दघाटका धेरै किराना पसलमा मुल्य सुची नहुदा उपभोक्ताहरु दोब्बर मुल्यमा सामान खरिद गर्न बाध्य भएका छन । बजार बिकास समितीले पनि सुचि टासका लागी त्यती पहल नगरेको उपभोक्ताको गुनासो रहेको छ ।   

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग