Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

गाउँमै खरायोको मासु बेचेर १३ लाख

Published on 5:10:00 PM //

कमल पौडेल 
बाग्लुङ, ११ माघ । म्याग्दीको दुई वटा गाउँका कृषकले खरायो बेचेर लाखौ रुपैया नगद गाउँमा भित्र्याएका छन् ।
जिल्लाको उत्तरी क्षेत्रमा पर्ने राम्चे र हिस्तान गाविसका कृषकले पालेका खरायो पहिलो पटक काठमाडौमा निर्यात गरेर गाउँमा नगद भित्रिएको हो । समूहगत रुपमा खरायो पालन व्यवसाय सुरु गरेका त्यहाँका कृषकहरुले २०६९ माघ महिनादेखि २०७० पुष मसान्तसम्म ६ हजार पाँच सय किलोग्राम खरायो मासुका लागि काठमाडौमा निर्यात गरेका छन् ।
राम्चे, काफलडाँडा, टिकोट, घराम्दी र औला गाउँबाट प्रतिकिलोग्राम दुई सय रुपैयाका दरले १३ लाख रुपैया बराबरको खरायो काठमाडौ स्थित हिमालयन -याबिट फार्म एण्ड रिसर्च सेन्टरले गाउँबाटै खरिद गरेर लगेको राम्चे कृषि समूहका सदस्य भक्तबहादुर पुर्जाले बताए ।
प्रत्येक ३/३ महिनामा ब्यापारी गाउँमै आएर लैजाने गरेको उनले जानकारी दिए । यसअघि स्थानीय स्तरमा मासुका लागि खरायो पाल्दै आएका कृषकहरुले एक वर्षयता भने खरायोपालनलाई व्यवसायीक बनाउन थालेका छन् ।
चीनचिला र न्युजिल्याड ह्वाईट जातको खरायो पालेका कृषकहरुलाई संगम म्याग्दीद्धारा सञ्चालित लद्युउद्यम विकास कार्यक्रमले प्राबिधिक र बजारीकरणका लागि सहयोग गरेको छ । कुखुरा, बाख्रा, भेडाभन्दा पनि सहज र सस्तो, धेरै लगानी गर्नु नपर्ने, छिटो प्रतिफल प्राप्त हुने र उत्पादन भएजति गाउँबाटै बिक्री हुने भएकाले कृषकहरु उत्साहित बनेका घराम्दीकी सोभनश्री पुर्जाले बताए । उनले खरायो बिक्री गरेर मासिक १० हजार रुपैया आम्दानी गरेको पनि बताए ।
राम्चे र हिस्तानका एक सय भन्दा धेरै कृषकहरुले खरायोपालन गरेका छन् । खरायोपालन व्यवसायीक बन्न थालेपछि बर्खा सिजनमा ग्रामिण सडक अवरुद्ध हुँदा ढुवानी गर्न नसकिने अवस्थामा खरायोको सुकुटी बनाउन कृषकहरुलाई सोलार डायर उपलब्ध गराइएको संगम म्याग्दीका अध्यक्ष दिपक सुवेदीले बताए ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग