Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

‘छ एकान छ’ युट्यूवमा राख्ने युवक पक्राउ

Published on 6:24:00 PM //

हिमालखबर
शुक्रबार , १० माघ । २६ पुसमा रिलिज भएको नेपाली चलचित्र ‘छ एकान छ’ हलबाट उत्रन नपाउँदै युट्यूबमा अपलोड गर्नेलाई प्रहरीले पक्राउ गरेको छ ।
हास्यकलाकार दीपकराज गिरीद्वारा निर्मित व्यवसायिक रुपमा सफल  चलचित्र छ एकान छ लाई युट्यूवमा अपलोड गर्ने सन्दिप मगर पक्राउ परेका छन् ।
सन्दिपले हलमा गएर फिल्म मोबाइलले खिची युट्यूबमा राखेको प्रहरीलाई बयान दिएका छन् । अपलोड भएको तीन दिनपछि ४० मिनेट लामो फिल्मको दृष्य युट्यूवबाट हटाइएको छ ।
तीन दिनमा ३५ हजारले यो फिल्म युट्यूवबाट हेरेको निर्माता तथा कलाकार दीपकराज गिरीले हिमालखबरलाई बताए ।
हलमा चलिरहेको फिल्म युट्यूवमा अपलोड गर्दा त्यसको असर फिल्मको ब्यापारमा पर्ने गिरीले बताए । यद्दपी युट्यूवमा सम्पूर्ण फिल्म अपलोड भएको छैन भने यसको दृष्य पनि स्पष्ट छैन ।
चलचचित्रले अहीलेसम्म करोड भन्दा माथिको ब्यापार गरीसकेको पनि गिरीले जानकारी दिए । - हिमाल खबर पत्रीकाबाट 


0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग