Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

राष्ट्रिय जनमोर्चाको मतदाता भेटघाट तथा धन्यवाद कार्यक्रम देविस्थानमा

Published on 10:28:00 PM //

राम सुवेदी
बुर्तिबाङ, पौष २८
राष्ट्रिय जनमोर्चा जिल्ला समिति बागलुङले गत पौष २६ गतेदेखि जिल्लाका तीनवटै क्षेत्रमा मतदाता भेटघाट तथा धन्यवाद ज्ञापन कार्यक्रम सुरु गरेको छ । जस अनुसार आज क्षेत्र नं. ३ का तर्फबाट संविधानसभा प्रत्यासी उमेदवार धर्म बहादुर कुवँर  सहितको टोलीले आज देविस्थान गाउँ विकास समितिका मतदातालाई भेटघाट तथा धन्यवाद ज्ञापन गर्नुभएको छ ।


राष्ट्रिय जनमोर्चा देविस्थान ग्राम समितिका अध्यक्ष टीका बहादुर छन्त्यालको अध्यक्षता रहेको कार्यक्रममा जिल्ला समिति बागलुङका सचिव समेत रहनुभएका संविधानसभामा प्रत्यासी उमेदवारका रुपमा रहनुभएका धर्म बहादुर कुवँरको प्रमुख आतिथ्यता रहेको थियो ।


उक्त अवसरमा बोल्दै कुवँले आफू संविधानसभाको निर्वाचनमा पराजित भएपनि जनताका काममा प्रत्यक्ष सहभागी भई काम गर्ने प्रतिवद्धता सहित आफूलाई मतदान गर्ने मतदाता तथा कार्यर्तालाई धन्यवाद दिनुभएको छ ।

साथै थप बोल्दै कुवँरले जति छिटो संविधान निर्माण गरि अहिलेको संक्रमणकाललाई अन्त्य गर्न समेत दलहरुलाई आग्रह गर्नुभएको छ ।


कार्यक्रममा राष्ट्रिय जनमोर्चा निसी एरिया सदस्य मुक्त सिंह ठकुरी, जातिय समता समाजका देविस्थान प्रतिनिधि मनहादुर नेपाली लगायतले बोल्नुभएको थियो ।


अखिल नेपाल युवक संघका डिलबहादुर कार्कीको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको सञ्चालन राष्ट्रिय जनमोर्चा ग्राम समिति सचिव ओम प्रकास हमालले गर्नुभएके बताइएको छ ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग