Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

गुल्मीमा बरामद काठ अझै वेवरिसे, अनुसन्धान चल्दै

Published on 12:33:00 AM //

प्रेम सुनार
गुल्मी, २८ पुस । जिल्ला वन कार्यालय गुल्मीले केहि दिन अघि वरमद गरेका काठहरु अझै वेवरिस अवस्थामा सो कार्यालयमा थन्कीएका छन् । सो कार्यालयलबाट  पेट्रोलिङ्गमा गएको टोलीले पुस १० गते पौदी अमराई ३ को सोतोपैरो कुनौटे भन्ने स्थानमा कतै लैजान वाटोमा तयार पारिएको काठ र गत विहिवार अर्खलेको रैंदीमा पक्राउ गरिएको काठ दावि गर्न कोही नआएका कारण वेवरिसे अवस्थामै रहेको हो ।
पौंदी अमराईबाट सो कार्यालयले सल्ला १ सय १२ क्युफिट, साल ५६ क्युफिट र रैंदीबाट सल्ला काठ ३० क्युफिट पक्राउ गरी कार्यालयमा ल्याएको तर कोही पनि दावि गर्न नआएका कारण अनुसन्धान भई रहेको निमित्त जिल्ला वन अधिकृत कृष्ण न्यौपानेले बताए । रैदीमा उसले लु २ त २३९० नम्वरको टयाक्टर सहित पक्राउ गरेकोले त्यसका आधारमा त्यो काठ कसले ओसार पसार गर्दै रहेको थियो भन्ने कुरा छिट्टै खुल्ने बताईन्छ ।
जिल्ला वन कार्यालय गुल्मीमा थन्काईएको वेवरिसे काठहरु ।
तस्बिर: प्रेम सुनार 
पौंदी अमराईमा वरामद गरिएको काठ भने हक दाविको १५ दिने सुचना नाघि सक्दा पनि कोही नआएकोले पत्ता लगाउन नसकीएको अर्का अधिकृत कर्णहाहदुर पाण्डेको भनाई छ । लामो समय यता जिल्लामा लुकिछिपी काठ ओसार पसार बढे पनि जिल्ला वन कार्यालयमा यातयात साधनको अभावले नियन्त्रणमा समस्या आएको थियो । अव भने कार्यालयलाई यातयात साधन प्राप्त भएकोले पट्रोलिङ्ग तिब्र पारिने निमित्त वन अधिकृत न्यौपानेले जानकारी दिए ।
   उनका अनुसार जापान सरकारले वन मन्त्रालयलाई उपलब्ध गराएको बा २ झ ३९२ नम्वरको निशान गाडी जिल्ला वन कार्याय गुल्मीलाई पठाएको छ ।  सो गाडी प्राप्त भएको मिति देखि नै परिणम हात लागेको सो कार्यालयको  दावि छ ।
  स्मरण रहोस २०६७ असार २० गते सरकारी कामको शिलशिलामा अर्जुन डाँडामा जाने क्रममा सो कार्यायको गाडी कमेरेपानीमा दुर्घटना भए पछि सो कार्यालयमा गाडीको अभाव हुँदै आएको थियो । उक्त दुर्घटनामा परी कार्यालय सहयोगी  कुलानन्द ज्ञवालीको ज्यान गएको थियो भने चालक नेत्र आचार्य गम्भीर घाईते भएका थिए । 

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग