Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

"६ एकान ६" ले २ दिनमा कमायो अठहत्तर लाख

Published on 1:57:00 AM //

काठमाडौ, पुष २८ । पुषमा कठ्याङ्ग्रीएको फिल्मी बजारलाई फिल्म ‘छ एकान छ’ र ‘बितेका पल’ले राप दिएका छन् । गत शुक्रबारबाट प्रदर्शनमा यी दुई फिल्मले दर्शकलाई हलसम्म तान्न सफल भएका छन् ।

हलमा कुन फिल्म हेर्ने दर्शकको संख्या कति रु भन्दापनि नेपाली फिल्म हेर्ने दर्शकको संख्या उल्लेख्य छ भन्ने कुराको पुष्टि शुक्रबार प्रदर्शनमा आएका फिल्मले गरेका छन् । पहिलो शोमै हाउसफुलको व्यापार गर्न सफल दिनेश डिसी निर्देशित फिल्म ‘छ एकान छ’ को शनिबारको व्यापार उच्च रह्यो । देशका झन्डै सत्तरी वटा पर्दामा ‘छ एकान छ’ को शनिबारको शो हाउसफुल रह्यो ।

नेपाली फिल्म हेर्ने दर्शकको संख्या कमै रहने कमलपोखरीको विग मुभिजको पर्दा लगायत अन्य मल्टिप्लेक्स पर्दामा शनिबारको शो हाउसफुल रहेको फिल्मका कथाकार, कलाकार तथा निर्माता दिपकराज गिरीले जानकारी दिए । फिल्मको ग्रस कलेक्सन दुई दिनमा करिब ५० लाख हुने आएको उनले बताए । कमेडी फिल्मले गरेको यो व्यापार हिट भन्दा माथिको हो । ६० लाख लगानी रहेको फिल्मले नेपाल रिलिजबाट सजिलै लगानी उठाउने आशा व्यक्त गरे ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग