Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

काँग्रेस उपसभापति श्रेष्ठले सर्वजनिक कार्यक्रममै पत्रकारलाई गाली गरे, पत्रकार महासंघको आपत्ति

Published on 10:41:00 PM //

प्रेम सुनार
गुल्मी, २४ पुस । नेपाली काँग्रेस गुल्मीका उपसभापति भुवन प्रसाद श्रेष्ठले सार्वजनिक स्थानमा पत्रकारमाथी अपमान जनक अभिब्यक्ती दिएकोप्रति नेपाल पत्रकार महासंघ गुल्मीले आपत्ती जनाएको छ । समाचारको विषयमा प्रतिकृया लिने क्रममा श्रेष्ठले अपशब्द प्रयोग गर्दै अनौपचारिक कुराकानीका नाममा गाली गलौज गरेको कुरा महासंघका सचिव रहेका पत्रकार भरत पाण्डेले आपत्ती जनाएपछि  महासंघले विज्ञप्ती मार्फत श्रेष्ठको अभिब्यक्तिको खेद प्रकट गरेको हो ।
 
महेन्द्र उच्च माध्यमिक विद्यालयमा अध्ययनरत १२ जना विद्यार्थीहरुलाई एसएलसी परिक्षामा सहभागी हुन नदिएका १२ विद्यार्थीहरुको गुनासोको सम्बन्धमा त्यस विद्यालयका व्यवस्थपन समितिका अध्यक्ष समेत रहनु भएका श्रेष्ठसंग पत्रकार प्रेम सुनारले प्रतिक्रिया लिन खोज्दा ‘ए पत्रकारहरुका गंडियाहरु’ तिमिहरुलाई पत्रकारको कार्ड भिर्दैमा जे पायो त्यही गर्न पाउ“छौं, सबै कुरा नखोतल भनिएको प्रति महासंघ आपत्ती रहेको जनाईएको छ ।
 
महासंघ अध्यक्ष घनश्याम गौतमले एक विज्ञप्ती जारी गरी उपसभापति श्रेष्ठको उक्त अभिव्यक्ति आपत्तिजनक र खेदपूर्ण रहेको बताए । त्यस्ता अभिव्यक्त नगर्न आग्रह गर्ने क्रममा नेपाल पत्रकार महासंघका सचिव भरत पाण्डेय प्रति ‘हिजो के गर्दै आएको होस, हामीलाई थाहा छैन, अहिले पत्रकारको खोल ओढेर जे गरेपनि हुन्छ’ भन्ने शब्द प्रयोग गरेकोले गरेको श्रेष्ठको सो व्यवहारले नेपाल पत्रकार महासंघ र जिल्लामा क्रियाशिल हामी सबै संचारकर्मीहरुलाई स्तब्ध बनाएको विज्ञप्तीमा उल्लेख  छ ।
 
साथै विज्ञप्तीमा पत्रकारको खोल ओढेर गरेका गलत क्रियाकलापहरु केही छन् भने जानकारी गराउन हामी बिनम्र आग्रह समेत गरीएको छ । एउटा पार्टीको जिम्मेवार पदमा बसेको व्यक्तिले सार्वजनिक स्थानमा बसेर व्यक्त गर्ने अभिव्यक्तिहरु कदापी अनौपचारीक हुन नसक्ने भन्दै विज्ञप्तीमा नेपाली कांग्रेसले वकालत गर्ने गरेका प्रेस स्वतन्त्रता प्रतिको अभिव्यक्तिको समेत धज्जी उडाएकोले सिंगो पार्टीको नीति स्पष्ट पार्न अन्यथा त्यस्तो अभिव्यक्ति सच्याउन हामी गम्भिर आग्रह गरीएको छ ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग