Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

स्वीकृत कृषी योजनाका विषयमा छलफल

Published on 1:38:00 AM //

पि.एम.मगर
गुल्मी, पौष २४। जिल्ला कृषि विकास कार्यालय, गुल्मीले आर्थिक वर्ष २०७०÷७१ म स्वीकृत कार्यक्रम तथा क्षेत्र बाँडफाँडका विषयमा बुधबार सदरमुकाम तमघासमा एक कार्यक्रमको आयोजना गरी जानकारी गराएको छ ।

कार्यालयले जिल्ला स्थित विभिन्न राजनीतिक दल, पत्रकार तथा सरोकारवाला संघ संस्थाहरुलाई आमन्त्रण गरी जानकारी गराएको हो । बरिष्ट कृषी विकास अधिकृत चेतनाथ अधिकारीले अबको योजनामा निक्षेपित योजना अन्तर्गत व्यवसायिक सुन्तला फलफुल विकास आयोजना, व्यवसायिक तरकारी विकास आयोजना, व्यवसायीक मौरी विकास आयोजना, अदुवा विकास आयोजना, व्यवसायीक उखु उत्पादन आयोजना, कृषीमा यान्त्रीकरण बिकास आयोजनाहरु रहेको बताउनुभयो ।
 
त्यस्तै सहकारी खेती साना सिँचाई तथा मल विउ ढुवानी कार्यक्रम, आलु तरकारी तथा मसला विकास कार्यक्रम, कागती मिसन कार्यक्रम, कफी विकास कार्यक्रम, मत्स्य विकास कार्यक्रम, माटो सुधार कार्यक्रम, कोदो मिसन कार्यक्रम, बृहत्तर मकै बाली कार्यक्रम, एकीकृत बाली तथा जल व्यवस्थापन जस्ता कार्यक्रमहरु स्वीकृत भएको उहाँले बताउनुभयो । त्यस्तै उहाँले जिल्लाको दश वर्षे कृषी योजना कार्यक्रम अन्तर्गत व्यवसायीक तरकारी विकास आयोजना, व्यवसायिक उखु उत्पादन आयोजना, व्यवसायिक मौरी विकास आयोजनाहरु सञ्चालनमा आउने बताउनुभयो ।
व्यवसायीक तरकारी विकास आयोजनातर्फ रुरु तमघास कोरीडोर, रुद्रबेणी वामीटक्सार कोरीडोर, तमघास–चौरासी–सिमलटारी कोरीडोर, तमघास–जैसीथोक–पुर्कोट कोरीडोर निर्धारण गरी योजना सञ्चालन गर्न लागेको छ भने व्यवसायिक उखु उत्पादन आयोजनातर्फ थानापति, दिगाम, बलेटक्सार, विरबास गाविसमा सञ्चालन गर्न लागिएको छ । त्यस्तै व्यवसायक मौरी विकास आयोजनातर्फ नयाँगाउँ, पिपलधारा, हाडहाडे, बलिथुम, जुभुङ्ग, अर्लाङ्गकोट, अमरअर्बाथोक, मुसीकोट, खडगकोट, ग्वादी, जयखानी, जुनियाँ, दरबार देविस्थान, दौँघा, पराल्मी, फोक्सिङ्ग, विश्सुखर्क, वामी, शान्तिपुर, मलागिरी, हँसरा र हस्तीचौरमा कार्यक्रम सञ्चालन हुन लागेको कार्यालयले जनाएको छ ।

कार्यक्रममा सहभागीहरुले स्वीकृत योजनाहरुलाई सफल बनाएरै लैजानुपर्नेमा जोड दिएका थिए । नेपाली काँग्रेसका उपसभापति भुवनप्रसाद श्रेष्ठले कोरीडोर निर्माण केबल देखाउनका लागि मात्र नभई यसको लाभ तथा सफलता बास्तविक कृषकहरुले प्राप्त गर्ने गरी लैजानुपर्ने साथै त्यसका लागि बास्तविक कृषकको पहिचान गर्नुपर्नेमा जोड दिनुभयो ।

 उहाँले जहाँ जे उत्पादन हुन्छ त्यसैलाई पहिलो प्राथमिकता दिनुपर्ने बताउनुभयो । कार्यक्रममा नेकपा एमालेका जिल्ला सचिव सोमनाथ सापकोटा, एकीकृत नेकपा माओवादी, राज्य समिति सदस्य अशोक थापा, राष्ट्रिय जनमोर्चाका अध्यक्ष जिवन राना, राप्रपाका अध्यक्ष भरतबहादुर चन्द, अखण्ड नेपाल पार्टीका सचिव खड्ग जिसी, गैर सरकारी संस्था महासंघका अध्यक्ष बिष्णुप्रसाद भण्डारी, गुल्मी उद्योग बाणिज्य संघका महासचिव कृष्णप्रसाद पोखरेल, नेपाल पत्रकार महासंघका अध्यक्ष घनश्याम गौतम लगायतको विशेष सहभागिता रहेको थियो ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग