Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

गोली लागेको अवस्थामा चितुवा मृत फेला

Published on 12:43:00 AM //

पि.एम.मगर
गुल्मी, पौष २७ । गुल्मीको मरभुङ गाविसमा एउटा चितुवा मृत अवस्थामा फेला परेको छ । शुक्रवार वेलुकी सोही गाबिस १ स्थित सालघारीमा गोली लागेको अवस्थामा स्थानीयवासीले चितुवा फेला पारेका हुन् ।

चितुवाको दाहिने खुट्टामा भरुवा वन्दुकको गोली लागेको र बस्ति नजिकै रहेको जंगलको छेउमा मृत फेला परेको जिल्ला वन कार्यालय गुल्मीले जनाएको छ ।

१५ किलोको सो चितुवालाई कुनै शिकारीले मारेको हुन सक्ने प्रहरीले वताएको छ । चितुवालाई आज मुचुल्का गराई त्यसको नंग्रा र छाला जिल्ला वन कार्यालयमा ल्याउने बताइएको छ ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग