चूनौती नै चुनौतीका विचमा पत्रकार महिला
Published on
12:09:00 AM //
-गगनशिला खड्का
नेपालमा पुरुषको तुलनामा महिलाको संख्या बढी नै छ । तर पनि नेपालका हरेक निकायमा सोचे जति महिलाको सहभागीता हुन सकिरहेको छैन । राज्यका हरेक निकाय र निति निर्माण तहमा महिलाको सहभागीता जति हुन सक्यो त्यती नै महिलामैत्री वातावरण बन्न सक्छ । महिलाका पिर,मर्का,समस्या र मुद्धाहरु नजिक वाट बुझ्ेर समस्या समाधानका लागि पहल गर्नुपर्ने एउटा पेशा पत्रकारीता पनि हो । पत्रकारीताको माध्यमवाट जति धेरै कुराहरु उठान गर्न सकिन्छ त्यही रुपमा त्यस्ता विषयहरुको सम्बोधन पनि हुन सक्छ । सख्यात्मक हिसाबमा पत्रकार महिलाको उपस्थिती जति न्युन बन्दै जान्छ त्यती नै चुनौती पनि थपिदैँ जान्छन् । अन्य पेशाको तुलनामा पत्रकारीता चुनौतीपुर्ण छ । प्रतिस्पर्धात्मक बन्दै गईरहेको हाम्रो समाज र पत्रकारीतामा पत्रकार महिला पनि उत्तिकै प्रतिस्पर्धी बन्नुपर्ने चुनौती खडा भएको छ । छोरीलाई सामान्य घरधन्दामा सिमित राख्नुपर्ने परिवार र समाजको परम्परागत सोचाईले महिलालाई पत्रकारीता गर्न अझ असहज छ ।
राज्यको चौथो अंगको रुपमा रहेको सञ्चार क्षेत्रमा आवद्ध भई काम गर्ने पत्रकार महिला पनि त्यत्तिकै टाठो र चनाखो हुनुपर्ने पेशागत दायित्व पनि हो । तर साघुरो घेरा भित्र रहेको हाम्रो समाजले नै त्यस्ता चुनौती थपेको छ जुन चुनौतीका कारण पत्रकार महिला पेशावाटै पलायन हुन बाध्य छन् । विषेश गरी यस्ता चुनौतीहरुको सामाना मोफसलमा बसेर पत्रकारीता गरीरहेका पत्रकार महिलाले भोग्दै आईरहेका छन् । शारिरीक र बौद्धिक दुबै कुरामा अगाडि हुनुपर्नै पत्रकारीता पेशामा लागेका पत्रकार महिलाले अवसर भन्दा पनि धेरै चुनौती नै खेप्नु परेको छ । मोफसलमा बसेर पत्रकारीता गर्दै आईरहेका महिलाहरुले सामाजिक,आर्थिक र नैतिक रुपमा चुनौतीको सामाना गर्नुपरीरहेको हुन्छ । आम समाजको हौसला र प्रोत्साहन भन्दा पनि बढी आलोचनाको सामाना गर्न बाध्य छन् मोफसलका पत्रकार महिला ।
उसै त आम महिलाहरुको चरीत्रमाथी नै दाग लगाउन तल्लिन हाम्रो समाजले अझ पत्रकार महिलामाथी यस्ता थुप्रै चुनौती खडा गरेको छ । आफ्नै सहकर्मीको दुव्र्यवहार र असयोग पत्रकार महिलाका लागि अहिले बलियो चुनौतीका रुपमा देखा परेको छ । आफुले काम गर्ने सञ्चार संस्थामा निर्णायक भुमिका निर्वाह गर्न नपाउनु, पत्रकारहरुका संघ संगठनमा नेतृत्व तहमा पत्रकार महिलाको सहभागीता हुन नदिनु वा नगराईनु, ठुला सञ्चार गृहमा जिल्लावाट संवाददाता राख्दा होस् वा डेक्समा पत्रकार महिलालाई प्राथमिकता दिएर अवसर नदिईनुले पनि अवसर भन्दा धेरै चुनौती देखिएका हुन् । भर्खर पत्रकारीता सिक्दै गरेको पुरुष र सात आठ बर्ष अघिदेखी पत्रकारीता गरीरहेकी महिलालाई एउटै दाँजोमा राखेर हेरीनुले पनि पत्रकारीतामा पत्रकार महिलाको अनुभवको कदर गरीदैँन भन्ने पुष्टी हुन्छ । जति सुकै अनुभवी र क्षमतावान भएपनि पुरुषको तुलनामा पत्रकार महिला कमजोर नै हुन्छ्न भन्ने मानसिकताले जरो गाडेको छ ।
अझ जिल्लामा बसेर पत्रकारीता गरीरहेका पत्रकार महिलाहरुका समस्या र चुनौती फरक खालका छन् । पत्रकारीता पेशा महिलाका लागि त्यती सुरक्षित र भरपर्दो हुदैँन भन्ने जान्दा पनि कठोर निर्णयका साथ यसमा हाम फाल्ने महिलाहरुले चुनौती नै चुनौतीका विचमा काम गरीरहेका हुन्छन् । एकातिर दैनिक पत्रिका,टिभी र रेडियोमा समाचार लेख्ने,भन्ने र पठाउने काममै व्यस्त हुनुपर्नेै हुन्छ भने अर्कोतिर आफ्नै सहकर्मीको यौनदुर्ब्यवहार चुपचाप सहन बाध्य हुनुपर्दछ । यौनदुर्ब्यवहार भन्दा वित्तिकै यौनकार्य नै गर्नुपर्दछ भन्ने होइन । कार्यस्थलमा उसले होच्याएर आफ्ना अगाडी नराम्रा शव्दहरु बोल्नु,गलत कामको लागि प्रेरित गर्नु, चरीत्र माथी नै आच पु¥याउने खालका कुराहरु सार्वजनिक रुपमा गर्दै हिड्नु, काम गर्ने सञ्चार संस्थाको
डेक्समा बसेर काम गर्ने जुनकुनै कर्मचारीले पनि गरेर अनावश्यक गफहरु गर्न खोज्ने,समाचारदाताको कुरालाई गम्भीर रुपमा नलिई हाँसि—मजाकमा उडाईदिने र भेट्नको लागि वारम्वार दवाब दिईरहने जस्ता कुराहरुले पनि पत्रकार महिलाहरुले मानसिक तनाबमा काम गर्नुपर्ने हुन्छ । कतिपय कार्यक्रम र फोरममा उठ्ने गरेको आर्थिक अभाबका कारण पत्रकार महिलाको संख्या ठुला सञ्चारगृहले बढाउन सकेनन् भन्ने कुरा तर्क संगत लाग्दैन । अवसर भएको अवस्थामा महिलालाई निर्णायक स्थानमा किन राख्न सकिदैन ? यदी लैङ्गिक विभेद रहित समाजको निर्माण गर्ने हो भने सञ्चार क्षेत्रमा पत्रकार महिलाको संख्या किन त्यही अनुपातमा बढाउँन सकिदैँन ? पेशागत क्षमता र दक्षताको आधारमा पत्रकार महिलालाई अवसर दिदैँ जाने र ठुला सञ्चार गृह महिलामैत्री बन्न सक्ने हो भने पत्रकार महिलाले चुनौतीको कमै मात्रमा सामाना गर्नुपर्नेहुन्छ । स्वच्छ र शान्त समाज निर्माणको परिकल्पना पनि त्यहीवाट शुरु हुन्छ ।
खड्का सञ्चारीका समुह गुल्मीकी अध्यक्ष हुन् ।

0 प्रतिकृयाहरु