Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

गुल्मीका एक हजार घर अँध्यारोमा, बिद्युत सुचारु हुन अझै १५ दिन लाग्ने

Published on 5:03:00 PM //

शिबलाल सुबेदी
​गुल्मी, ११ माघ । देशकै ठुलो लघुजलबिद्युत परियोजना बन्द भएको छ । परोपकार बहुउद्देश्यीय सहकारी सस्था गुल्मीद्धारा सञ्चालित दरमखोला लघुजलबिद्युत परियोजना केहीदिन यता बन्द भएको हो ।
​परियोजना बन्द हुदाँ करिव १ हजार उपभोक्ताहरु एक सातादेखि अध्यारोमा बस्न बाध्य भएका छन । १ सय ३५ किलोवाट लघु जलविद्युत परियोजनाको विद्युत उत्पादन गर्ने टरवाईनको फिता चुडिएपछि एक सातादेखि विद्युत अवरुद्ध भएको छ । परियोजना बन्द हुदाँ गुल्मीको वामीटक्सार, मुसिकोट, पौदीअमराई, लगायतका अलाङ्गकोट गाविसका गरि करिव १ हजार उपभोक्ताहरु अध्यारेमा बस्न बाध्य भएका हुन । टरवाईनको फिता स्विटजरल्याण्डबाट झिकाउनु पन्र्ने भएकाले विद्युत सेवा संचालन हुन अभैm १५ दिनभन्दा बढी समय लाग्ने परियोजनाका प्राविधिक दधिराम घिमिरेले जानकारी दिनुभएको छ ।
​परोपकार सहकारी बहुउद्देश्यीय सहकारी संस्थाको लगानी र पाल्पाको ग्रामिण आर्थिक विकास संघ (रेडा पाल्पा)को प्राविधिक सहयोगमा दरमखोला लुघुजलबिद्यृत परियोजनाले १ सय ३५ किलोवाट विद्युत उत्पादन गदै आएको थियो । परोपकार लघु जलविद्युत आयोजना लघु जलविद्युत मध्ये देशकै अहिलेसम्मको ठुलो समेत हो । विद्युत उत्पादनका लागि बैकल्पिक उर्जा प्रवर्धन केन्द्रले १ करोड ४५ लाख रुपैंया अनुदान सहयोग गरेको थियो । सहकारीले १ हजार ६ सय मिटर टाढाको दरमखोलाबाट पानी ल्याएर विद्युत उत्पादन गरेको थियो । दरमखोलाबाट उत्पादित विद्युतले वामीटक्सार ,मुसिकोट र पौदीअमराईमा विद्युत मिल, फर्निचर, केबुल उद्योग लगायतका उद्योग तथा साना कलकारखानाहरु सञ्चालनमा रहेका छन । सहकारीले १ हजार ६ सय मिटर टाढाको दरमखोलाबाट पानी ल्याएर विद्युत उत्पादन गरेको थियो । विद्युत अवरुद्ध हु“दा वामीटक्सार बजार क्षेत्रका उपभोक्ता, बैंकिङ्ग कारोबार, इमेल, इन्टरनेट सेवा, फर्निचर उद्योग, लगायत बढी प्रभावित भएको परोपकार बहुउद्देश्यीय सहकारी सस्थाका अध्यक्ष धमेन्द्र कुमार मल्लेले जानकारी दिनुभएको छ । उहाँका अनुसार टरर्वानको फिता मगाइसकेको भएपनि आउन अझै १५ दिनभन्दा बढी समय लाग्ने बुझिएको छ ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग