Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

सिप सिकेर आत्मनिर्भर बन्दै नवलपरासीका महिलाहरु

Published on 11:03:00 PM //

कृष्ण बिसी 
नवलपरासी, पौष १९ । परम्परागत सोचमा परिवर्तन आउन थालेपछी नवलपरासीका महिलाहरु स्वावलम्बी बन्न थालेका छन । समयसमयमा बिभिन्न सघंसस्थाले सञ्चालन गर्ने गरेका आयआर्जनमुलक तालिम तथा कार्यक्रमबाट सिप सिकेपछी उक्त सिप ब्यवहारमा लागु गर्दै स्वावलम्बी बन्न थालेका हुन । जिल्लाका बिभिन्न पहाडी गाविस,सहरी तथा भित्री मधेशका महिलाहरु पनि यतिबेला सिपमुलक काम सिलाई कटाई,बुनाई,बाख्रापलन ,तरकारी खेती,पसल तथा ब्यवसाय सञ्चालन तर्फ सक्रियता बढाएका छन । केही बर्ष अगाडी स्थानिय सहकारीले तालिम दिएपछी सुनवलकी शोभा ढकाल,गिता पनेरु लगाएतका महिलाहरुले आप्नै पसल खोलेर  सिलाई कटाई ब्यवसाय सञ्चालन गरेका छन । ब्यवसायबाट मनग्य आम्दानी हुन थालेपछी श्रीमानको कमाईको भरपर्न नपरेको उनिहरुको तर्क छ । यस्तै माकर बर्दघाटको खिमाकुमारी पौडेलले तरकारी खेतीबाट परिवार पाल्दै आउनुभएको छ । माकर सामुदायिक अध्ययन केन्द«ले केही समय अघि दिएको तालिम बाट स्वावलम्वन बन्न सफल पौडेलसगै गिता भण्डारी र कालिका तिवारी पनि बाख्रा पालन गर्दै आउनुभएको छ । बाख्रापालन बाट सोचेको भन्दा बढी आम्दानी हुन थालेपछी यता तर्फ महिलाहरुसगै पुरुषहरुले सहयोग गर्दै आएका छन । एसएलसी दिएपछी ब्युटिसियनको तालिम लिएकी रामनगर भुमहीकी सुस्मा श्रेष्ठले आप्नै ब्युटिपार्लर खोलेर राम्रो आम्दानी गर्न सफल हुनुभएको छ । बदलिदो परिबेशसगै महिलाहरु यतिबेला आत्मनिर्भर बन्न थालेपछी महिलामाथी हुने गरेका बिभिन्न खाले शोषणका घटनामा पनि कमि आउन थालेको  समाजीक परिचालीका दिपा कार्कीको ठम्याई छ ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग