Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

गुल्मीको सक्दो विकास गर्ने नवनिर्वाचित सभासद्को प्रतिबद्धता

Published on 5:38:00 PM //

काठमाडौँ, २० पुस - नेपाली काँग्रेसबाट संविधानसभा निर्वाचनमा गुल्मीबाट  निर्वाचित सभासद्हरुले जिल्लाको विकास निर्माणमा सक्दो पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।


नेपाली काँग्रेस गुल्मी–काठमाडौँ सम्पर्क समितिले आज यहाँ आयोजना गरेको संविधानसभा निर्वाचनमा गुल्मीबाट निर्वाचित काँग्रेसका सभासद्को सम्मान कार्यक्रममा उहाँहरुले चुनावमा गरेको प्रतिबद्धता पूरा गरी छाड्ने अठोट व्यक्त गर्नुभयो ।

गुल्मी क्षेत्र नं २ बाट निर्वाचित सभासद् चन्द्र भण्डारी र समानुपातिक सभासद् सुवर्ण ज्वारचनले जिल्लामा शिक्षा, स्वास्थ्य र सडक यातायातको विस्तारलाई पहिलो प्राथमिकता दिएर काम गर्ने बताउनुभयो ।

उहाँहरुले जिल्लामा कफी खेतीको विकास, जडिबुटीको सदुपयोग, रुरु, रेसुंगा र चारपाल दरबारलगायतका धार्मिक र पर्यटकीय क्षेत्रको विकासका लागि आफूहरुले पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रममा गुल्मी क्षेत्र नं १ बाट निर्वाचित सभासद् प्राडा. कृष्णबहादुर छान्याल भने अनुपस्थित हुनुहुन्थ्यो । रासस

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग