Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

प्लेनमा चुरोट तान्न खोज्दा.....

Published on 5:05:00 AM //

बिमान चढ्नासाथ बिमानभित्र धुमपान निषेध गरिएका संकेत जताततै देखिन्छ। त्यसमाथि सुरक्षा जानकारी दिनेबेला परिचारिकाहरुले पनि पटकपटक त्यस्तै आग्रह गर्छन– कृपया बिमानभित्र धुमपान नगरिदिनुहोला।
तर, कतिपय मानिस यस्ता हुन्छन् जसलाई यी सव आग्रहले छुँदैन। जसरी पनि चुरोटको तलतल मेट्नै पर्ने हुन्छ। चुरोट पिउने दुस्साहस गर्नु कति धातक हुन्छ भन्ने हालै एक अधवैंशेले भोगेका छन्।
उनले ७ घण्टासम्म हातखुट्टा डोरीले बाँधेर बस्नुपर्ने भएको छ। ५४ वर्षका मिथाइस जोर्गले सिंगापुरबाट ब्रिसेबन जाने क्रममा उडिरहेको हवाइजहाजमा धुमपान गर्ने प्रयास गरेका थिए।
सुरुमा उनलाई हजाइजहाजका कर्मचारीहरुले त्यो नगर्न आग्रह गरे। तर, उनी हिंस्रक बन्न खोजे। जसका कारण्ँ सवा ७ घण्टाको उडानमा उनको हात र खुट्टा बाँधेर राखिएको थियो। प्लेनमा रहेका एक यात्रुले उनको तस्वीर खिचेका थिए, जसमा उनको हात र खुट्टा बाँधिएको प्रष्ट देखिन्छ। इमिरेट्स एयरको विमान ब्रिसवेनमा पुगेपछि जोर्गलाई प्रहरीको जिम्मा लगाइएको छ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग