कोरियालीसँग बिहे गर्ने नेपालीको वेदना, सुखद देखिएन परदेशीसँग पिरती
Published on
5:11:00 AM //
मीनप्रकाश उप्रेती
कोरिया । कोरियाली रमझमको सपना धेरै नेपालीले साँचर बसेका छन् । यही लोभमा हजुरबा उमेरका कोरियालीसित विहे गरी आउने नेपाली महिलाहरुको लाम लाग्न थालेको छ यहाँ । तर, जीवन सधेँ अनुकूलतामा बग्छ र ?
धादिङकी गौरीमाया तामाङले विदेशी रमझमको सपना देखेकी थिइन् । त्यसमा पनि विदेशीसितै बिहे गर्न पाए स्थायी सुख आउँथ्यो भन्ने कल्पना गरेकी थिइन् उनले । इच्छा न हो, सम्पर्क माध्यमबाट एकजना कोरियालीसित बिहे गरिन् र आइपुगिन् कोरिया । तर विडम्बना, उनको पति दोब्बर उमेरका भइदिए, ५१ वर्षका । उनी थिइन्, २५ वर्षकी ।
स्वाभाविक थियो, बाबु समानका मानिसलाई पतिको रुपमा स्वीकार्न उनको मन मानेन । सम्झौतामा नै बिताइन् केही समय । बदलामा पाइन् उनै पतिबाट तिरस्कार । जीवनदेखि हार मानिन् अनि एउटै विकल्प देखिन् आत्महत्या ।
आधुनिक जीवनशैली र आर्थिक सम्पन्नताको चाहना कसमा नहोला र ? नेपाली युवतीहरु पनि सुख खोज्छन् नै । यही खोजीमा उनीहरु कोरियाली पुरुषसित अनमेल दम्पतीको रुपमा गाँसिन्छन् । सुखसँगै पति र उसको परिवारबाट स्नेह र आत्मीयताको अपेक्षा भने विरलै महिलाले पाउँछन् । कोरियालीहरु पत्नीको रुपमा भित्र्याएको नेपाली महिलालाई बच्चा पाउने मेसिन र घरेलु कामदारको रुपमा सोच्दछन् ।
त्यसमाथि भाषा, शिक्षा र संस्कृतिको अभावमा नेपाली महिलाहरु थप सताइन्छन् । अपवादलाई छोडेर हेर्ने हेर्ने हो भने कोरियालीसित लगनगाँठो कस्ने नेपाली महिलामध्ये निकै कमले स्नेह र सुख पाएका छन् । नत्र साधारणतया हाम्रा महिलाहरु अनेकन् जंजीरले जेलिएका हुन्छन् ।
नेपाल फर्किने मन पनि आउँछ । तर, कोरिया छिर्दा लाखौं ऋण लिइएको हुन्छ । सो रकम तिर्ने बाटो नबनाई कसरी फिर्नू ? धेरैजसोले कोरिया छिर्नासाथै बच्चा पाइदिनुपर्छ । आफ्ना लालाबालाको त्यागेर फर्किन पनि कोमल हृदयले दिँदैन ।
आफन्तले फसाए
कोरियाली दम्पतीका रुपमा मानव व्यापार गर्नेहरु नेपाली नै अग्रसर छन् । कतिपयको त आफन्तले जंजीरमा फसाइदिएको उदारहण छ । पोखराकी अर्चना गुरुङ यस्तै पीडाले रन्थनिएकी महिला हुन् । उनी आफ्नै फुपूबाट यो देश आइपुगेकी हुन् । ‘१३ लाख रुपैंयाँ खर्च भयो’ उनले दुखेसो पोखिन् ‘वर्षेनी भिसा नवीकरण गर्न फुपूले ५ लाख रुपैंयाँ लिन्छिन् ।’ उनी आफन्तबाटै ठगिएको बताउँछिन् । ‘पराईले दुःख दिए आफन्तकोमा गइन्छ, आफन्तले नै दुःख दिए कहाँ जानू ? ‘उनले भनिन् ‘मेरोजस्तै भोगाइ धेरैको छ ।’
गुरुङजस्तै पीडित नेपाली महिलाहरु बिरानो कोरियामा ११ सय नाघिसके । यीमध्ये ७ सयले बिहे गरेको कागजी आधारमात्र बनाएका छन् । बाँकी ४ सय महिला कोरियाली दम्पतीका रुपमा बसेका छन् । यद्यपि, बस्नेहरुमध्ये धेरैको पति असमान उमेर र अस्वस्थ्य छन् ।
विवाहजस्तो पवित्र संस्कारलाई विकृत बनाइ ‘मानव तस्करी’ गर्ने क्रम रोकिएको छैन । पत्नीका रुपमा कोरिया आएकामध्ये धेरैले खान नपाएको, कुटपिट र बन्धक जीवन बिताउन बाध्य भइरहेका छन् । आत्मसम्मान त ‘भाग्यमानी’ले मात्र पाएका छन् ।
नेपाली पनि दोषी छन्
कतिपय घटनामा नेपाली महिला पनि दोषी हुने गरेका छन् । खासगरी कोरियाली कानुन, भाषा र संस्कारको अज्ञानताले गल्ती गर्नेहरु पनि छन् । कतिपय महिलाले भने एकैपटक आधुनिक जीवनशैलीमा आइपुगेको र सोहीअनुसार चल्न खोज्दा समस्या भोगेका छन् ।
यस्तै, एउटा घटना पनि केहीअघि । एउटी नेपाली महिलालाई उनका कोरियाली पतिले मरणासन्न कुटे । कुटाइबाट उनको पातो नै नचल्ने अवस्था भयो । यो हिंसाबारे उनले हारगुहार मागिन् । पतिबाट क्षतिपूर्ति पनि पाइन् र नेपाल फर्किन् ।
तथापि, घटनालाई नजिकबाट बुझ्नेहरु यसमा हाम्रै महिलाको दोष बढी थियो । उनले मादक पदार्थको लत बसाइन् । मदिराकै नशामा गल्ती पनि गर्दै गइन् । उनको बदलिंदो चर्यामा परिवारको दोष त होला, तर उनी पनि आफ्नो कर्तव्यबाट च्यूत भइन् । कोरियामा बस्दै आएका नेपाली पास्टर पवित्रमणि भण्डारी भन्छन् ‘उनले अस्पतालभित्रै मादक पदार्थ सेवन गर्थिन्, त्यही भएर तीनवटा अस्पताल परिवर्तन गर्नुपरेको थियो ।’
यसरी नेपालबाट वैवाहिक जोडीको रुपमा आउने महिलामा कोरियाली कानुन, संस्कार र आफ्नै शिक्षाको अभावमा समस्या भोग्नेहरु प्रशस्त छन् । यस्तो हिंसाको नियन्त्रणका लागि आउनुअघि परामर्श र शिक्षा प्रवाह गरिनुपर्ने विश्लेषण पाष्टर भण्डारी गर्छन् ।

0 प्रतिकृयाहरु