Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

कराते र तेक्वान्दोका खेलाडी छनौट

Published on 6:45:00 PM //

शिबलाल सुबेदी
गुल्मी, १७ पुस । आगामी २६ र २७ गते हुने क्षेत्रिय स्तरको कराते र तेक्वान्दो प्रतियोगीताका लागि गुल्मीबाट खेलाडीहरु छनौट भएका छन ।
छुट्टा–छुट्टै स्थानमा हुने कराते र तेक्वान्दो खेलका लागि जिल्ला खेलकुद विकास समिती गुल्मीले खेलाडीहरु छनोट गरेको हो । नवलपरासीमा हुने कराते प्रतियोगीताका लागि पुरुषतर्फ ५० केजीका लागि सागर सोमै, ५५ केजीका लागि कोपिल थापा, ६० केजीका लागि हरि बहादुर घर्ती, ६७ केजीका लागि रेशम राकस,७५ केजीका लागि सन्देश श्रीस र काताका लागि हरि प्रसाद घर्ती छनोट भएका हुन । त्यस्तै ४५ केजी महिलातर्फ मनिसा दर्लामी,५० केजीका लागि पवि ठकुरी, ५५ केजीमा अस्मिता गाहा, ६१ केजीका लागि सनम थापा र काता अनुसा सोमै चयन भएको प्रशिक्षक उमेश थापाले जानकारी दिनुभएको छ ।
प्रतियोगीतामा प्रथम हुने खेलाडीहरुले माघ ८,९,र १० गते नेपालगञ्जमा हुने लुम्ँिबनी खेल महोत्सवमा सहभागी हुन पाउने समेत जिल्ला खेलकुद विकास समिती गुल्मीले जनाएको छ ।
यता वाग्लुङ्गमा हुने तेक्वान्दोका लागि इन्दु केसी, सिता थापा, भगवती राना मगर, सपना सारु मगर, बिन्दु थापा, सनु गाहा, मनोज पाण्डे,तिलक सनामी मगर, गिरि प्रसाद महाकिम,हिरा बहादुर कुवँर र बरुण शाह छनौट भएको प्रशिक्षक दिपक केसीले जानकरी दिनुभएको छ । प्रशिक्षक दिपक केसीका अनुसार छनौट भएका दुवै प्रतियोगीताका खेलाडीहरुलाई एक कार्यक्रमका बिच बिदाई समेत गरिने बताउनुभयो ।  

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग