Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

गुल्मीबाट २२ जनाले बुझाए निर्वाचन खर्चको विवरण

Published on 11:59:00 PM //

जनार्दन घिमिरे
गुल्मी, १७ पुस । संबिधानसभा सदस्य निर्वाचन २०७० मा गुल्मी जिल्लाबाट उम्मेदवारी दिएका ३५ जना उम्मेदवारहरु मध्य वुधवारसम्म २२ जना उम्मेदवारहरुले आफ्नो निर्वाचन खर्च जिल्ला निर्वाचन कार्यालयमा वुझाई सकेका छन् । उनीहरुले जिल्ला निर्वाचन कार्यालयमा खर्च बुझाउने कुनै पनि उम्मेदवारहरुले १० लाख भन्दा बढी खर्च बुझाएका छैनन् ।
 निर्वाचन कार्यालयमा उम्मेदवारहरुले खर्च विवरण वुझाउने अन्तिम मिति यही पुस ९ गतेसम्म भएपनि उम्मेदवारहरुले पुरानो मिति राखेर खर्च विवरण वुझाउने गरेको जिल्ला निर्वाचन कार्यालयले वताएको छ । तर राजनैतिक दलका उम्मेदवारहरुले वुझाएको खर्च विवरण उनीहरुले गरेको खर्चको आधारमा निकै न्यून देखिन्छ । स्थानीय जनताहरुले भने उम्मेदवारहरुले निर्वाचन कर्यालयमा बुझाएको खर्च भन्दा धेरै ठूलो रकम निर्वाचनमा खर्च गरेको बताउँछन् ।
निर्वाचन खर्च वुझाउने मिति सकिएपनि अझै केही उम्मेदवारहरुले खर्च विवरण वुझाउनकालागि कार्यालयमा सम्पर्क गरिरहेकोे जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी लक्ष्मण पाण्डेले जानकारी दिनु भयो । नेपाली कांग्रेस, एमाले, एमाओबादी, राप्रपा र केही स्वतन्त्र सहितका उम्मेदवाहरुले निर्वाचन खर्च वुझाई सकेका छन् ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग