Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

ट्याक्टरको ठक्करबाट एकको मृत्यु

Published on 6:36:00 PM //

शिबलाल सुबेदी
गुल्मी, १७ पुस । ट्याक्टरको ठक्करबाट गुल्मीको जोहाङ्ग गाविस पिपलनेटामा एक युवकको ज्यान गएको छ । लु. २ त. ८२५४ नम्बरको ट्याक्टरको ठक्करबाट जोहाङ्ग–२ पिपलनेटाका १३ वर्षिय जिवन ढकालको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
जोहाङ्गकै उल्लीखोलाबाट बाँसपाटा तर्फ ढुङ्गा लिएर जाँदै गरेको ट्याक्टरले विद्यालय नजिकै खेल्दै गरेको अवस्थामा ढकाललाई ठक्कर दिएको थियो । ट्याक्टरको पछाडीको भागले ठक्कर दिएको युवकको घट्नास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यलय जोहाङ्ग प्रमुख कृष्णलाल वि.क.ले जानकारी दिनुभएको छ । ठक्कर दिने ट्याक्टर र चालक जिल्ला प्रहरी कार्यलय गुल्मीको नियन्त्रणमा रहेका छन । ढकाल स्थानीय बालकल्याण निम्न माध्यमिक बिद्यालय कक्षा ५ मा पढ्ने विद्यार्थी हुन् ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग