Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

नेपाली दुताबास अबुधाबीका नब नियुक्त उपनियोग प्रमुखलाई गुल्मी सेवा समाज यूएईले स्वागत तथा सम्मान गर्ने

Published on 4:22:00 AM //

कृष्ण गौतम
अबुधाबी, यूएई । नेपाली दुताबास अबुधाबीमा नव नियुक्त उप नियोग प्रमुख श्री नेत्र बहादुर टन्डन लाई गुल्मी सेवा समाज यूएईले एक कार्यक्रमको बिच स्वागत तथा सम्मान गर्ने भएको छ । गत बिहीवार मात्र उप नियोग प्रमुखको जिम्मेबारी लिएर यूएई आउनु भएका टन्डनलाई आज गुल्मी सेवा समाजका केन्द्रिय उपाध्यक्ष कृष्ण गौतमले उहाको कार्यकक्षमा भेट गरी सम्पूर्ण गुल्मेलीहरुको तर्फ देखी स्वागत गर्दै आगामी फेब्रबुरी ०७ तारिकमा हुन गैरहेको अबुधाबी क्षेत्रिय समितिको बिशेष भेलामा उहाँलाई स्वागत तथा भेटघाट कार्यक्रमको लागि निमन्त्रणा गर्नुभएको थियो ।
गुल्मी जिल्ला पल्लिकोट गाबिस वार्ड नम्बर १ मा जन्मनु भएका टन्डन ३० बर्षे लामो पररास्ट्र मन्त्रालय अन्तर्गत बिभिन्न तहमा रही सेवा गर्नुका साथै पेरिस, वासिङ्टन डिसी, याङुन हुँदै अहिले यूएई अबुधाबी स्थित नेपाली राजदुताबास को नियोग उपप्रमुखको जिम्मेबारी सम्हाल्न यूएई आउनु भएको हो । टन्डन यूएई आउनु भन्दा पहिला राष्ट्रपतीको कार्यालयमा सेवारत हुनुहुन्थ्यो । यसै क्रममा बिभिन्न ५-६ देश को लागि जाने अवसर आएको तर आफुले यूएई नै रोजेको उहाँले बताउनु भयो ।
यूएईमा कार्यरत तथा ब्यबसाय गरेर रहनु भएका तथा कामको सिलसिलामा रहनुभएका सम्पूर्ण नेपालीको हक हितको लागि काम गर्न आफुले कुनै कसर न छोड्ने बताउनु भएको छ । "यूएईको कानुन र नेपाल सरकारको निर्देशन पालना गर्दै सेवा गर्नको लागि सबैजनाबाट सहयोगको पनि आशा राख्दछु", उँहाले भन्नु भयो । यूएईमा गुल्मी सेवा समाज रहेको र समाजबाट आफुलाई स्वागतको लागि निमन्त्रणा दिएकोमा हार्दिक धन्यवाद दिँदै आफु पनी यूएईमा रहनु भएका सम्पूर्ण गुल्मेलीहरु सँग भेटघाट हुन खोजेकोले उक्त अवसर मिलाइदिनु भएकोमा समाज प्रती धेरै खुशी ब्यक्त गर्नु भएको थियो ।
गुल्मी सेवा समाज यूएई अन्तर्गत अबुधाबी क्षेत्रिय समितीले आयोजना गर्न लागेको बिशेष भेलाको तयारी भईरहेको अवस्थामा स्वागत कार्यक्रम पनि गरिने भएकोले सम्पूर्ण केन्द्रिय समितीका सदस्यहरु र सल्लाहाकार ज्यु हरुपनी अनिबार्य उपस्थिती हुन आयोजकले अनुरोध गरेका छन । 

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग