Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

उहिलेका कुरा: २३ बर्षको भत्ता जम्मा ३२ पैसा (अडियो कुराकानी)

Published on 9:12:00 PM //

प्रेम सुनार 
माघ ७, गुल्मी । २०४६ पछिका रजनैतिकर्मीहरु मध्ये कतिपयले विकास निर्माणबाट मेसोघाटो मिलाएर रातौंरात शहरमा महल ठडाएका र गाडीमा सहेल गर्ने गरेका पनि छन् । तर पञ्चायतकालमा २३ वर्ष सम्म गाउँको राजनिति गरेका गुल्मीको थानापति ६ का ७० वर्षिय बृद्ध खेमराज ज्ञवालीले भने २३ वर्षे राजनितक जिवनमा तालिम गरेको भत्ता स्वरुम ३२ पैसा पाएको निकै सम्झना गर्नुहुन्छ ।
पञ्चायतकालमा झण्डै १६ वर्ष सम्म निर्विरोध थानापति ६ को वडा अध्यक्ष बनेका उहाँ २०४६ को परिवतर्नसंगै सक्रिय राजनितीबाट ओझेलमा पर्नुभयो । यद्यपि स्वच्छ र ईमान्दार भलादमीको छवि बनाउनु भएका उहाँलाई युवाहरुले अझै पनि गाउँको विकास निर्माण उपभोक्ता समितिको अगुवाई गर्न आग्राह गर्दछन् ।
अहिलेको विकास निर्माणको कागजी पक्रियाबारे खासै मेसो नपाए पनि साथीहरुले विकास निर्माण उपभोक्ता समितिको अध्यक्ष बनिदिनु प¥यो भनेपछि बसेको हुँ भन्नुहुने उहाँ लौरो टेकेरै थानापति देखि सदरमुकाम तम्घास सम्म जिल्ला विकास समिति लगायतका कार्यालयमा धाईरहनु हुन्छ ।
पञ्चायतकालमा भ्रष्टचार कम हुने गरेको दावि गर्नु हुने उहाँ विकास भने पहिलाको तुलनामा अहिले धेरै भएको धारणा राख्नु हुन्छ । पञ्चायतकालमा तिन गाविसका मानिसहरुले तालिम लिए वापत जम्मा ५० रुपैयाँ पाएको र त्यो बाँड्दा प्रति ब्याक्ति ३२ पैसा पाएकोे अनुभव उहाँसंग कस्तो छ त ? सुनौं उनै पुराना ब्याक्ति खेमराज ज्ञवालीसंग गुल्मीन्युज डट कम सहकर्मी प्रेम सुनारले गरेका पुरानै कुराकानी:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग