Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

सलमानले फ्यानलाई मोटरसाइकल दिने

Published on 6:14:00 PM //

बलिउड अभिनेता सलमान खानले आफ्नो फिल्म हेर्नका लागि १८ किलोमिटर टाढाबाट साइकल र पैदल आउँने एक प्रशंसकका लागि सानदार मोटरसाइकल उपहार दिने निर्णय गरेका छन्। ४८ वर्षीय सलमानले आफ्नो प्रशंसकलाई लामो समयदेखि भेट्ने प्रयास गरिरहेको बताए ।
सलमानको फिल्म बडिगार्डको प्रदर्शन ताका उनले उक्त प्रशंसकको बारेमो जानकारी पाएको समाचारमा जनाइएको छ। जो फिल्म हेर्नका लागि आफ्नो गाउँबाट १८ किलोमिटरको साइकल यात्रा गरेर फिल्म हलसम्म पुगेको सलमानले एजेन्सीलाई बताएका छन्। सलमानले सञ्चारमाध्ययमसँग भनेका छन– ‘उसको साथमा प्रसस्त पैसा छैन। ऊ फलफुल उत्पादन गर्छ, मानिसलाई फिल्मको टिकट बेच्दै हिँड्छ। फिल्म हेर्न ऊ खुट्टाले हिँडेर आउँछ त्यसैले म उसँग पुग्छु र एउटा सुजुकी मोटरसाइकल दिनेछ।’

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग