Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

भ्रष्टाचार नियन्त्रणका लागी सवै मिल्नुपर्छ ः केसी

Published on 6:16:00 PM //

विष्णु पौडल
गुल्मी, पुस २२ । ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालका अध्यक्ष विष्णुवहादुर केसीले भ्रष्टाचार नियन्त्रणका लागी सवैको सहकार्य आवश्यक भएको वताउनुभएको छ । भ्रष्टाचार पछिल्लो समय भयानक समस्याका रुपमा देखा परेको वताउँदै यसको नियन्त्रणको लागी राजनीतिक दल, कर्मचारी तथा नागरिक समाज एकजुट हुनुपर्नेमा जोड दिनुभयो । ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालमा आवद्ध सुशासन अभियान गुल्मीद्धारा सञ्चालित एलाक डीपी परियोजनाको आज गुल्मीको सदरमुकाम तम्घासमा उद्घाटन गर्दै उहाँले यस्तो वताउनुभएको हो ।
‘भ्रष्टाचारले समाजमा जरो गाडेको छ, यसलाई हामी एक्लैले निर्मुल पार्न सक्दैनौँ,’ अध्यक्ष केसीले भन्नुभयो, ‘भ्रष्टाचार नियन्त्रणका लागी ऐन वनेका छन तर प्रभावकारी कार्यान्वयन छैन, राजनीतिक दल, कर्मचारी र नागरिक समाज मिलेमा भ्रष्टाचार न्युनीकरण गर्न सकिन्छ ।’
उहाँले भ्रष्टाचार नियन्त्रणको लागी जनता नै जागृत हुनुपर्नेमा जोड दिनुभयो । ‘भ्रष्टाचारको वारेमा जनतालाई चेतना विस्तार गर्न सकेमा भ्रष्टाचार नियन्त्रण गर्न सकिन्छ त्यो काम नागरिक समाजले गर्नुपर्छ’ उहाँले भन्नुभयो ।
नेपालका सवै क्षेत्रलाई भ्रष्टाचारले ग्रस्त पारेको वताउँदै केसीले राजनीतिक दलका कारण कर्मचारीतन्त्रमा भ्रष्टाचार वढेको वताउनुभयो । ‘कर्मचारीतन्त्रमा योग्य, इमान्दार र सक्षम कर्मचारी छन्’ केसीले भन्नुभयो, ‘तर राजनीतिक दलले १२÷१५ ओटा आ–आफ्ना अनुकुलका संगठन वनाएर कर्मचारीहरुलाई दवाएर भ्रष्टाचार तर्फ प्रेरित गरेका छन ।’
उद्घाटन कार्यक्रममा मन्तव्य व्यक्त गर्दै प्रमुख जिल्ला अधिकारी कमलराज ढकालले खुट्टा धोएर मात्रै शरीर सफा नहुने भएकाले भ्रष्टाचार नियन्त्रणको लागी मन्त्रालय, क्षेत्रीय कार्यालय, जिल्ला कार्यालय तथा स्थानीय कार्यालयहरु सवै लाग्नुपर्ने वताउनुभयो । उहाँले प्रत्येक व्यक्ति आपु पारदर्शी वन्न सकेमा मात्रै पनि भ्रष्टाचार न्युनीकरण हुने वताउनुभयो ।
स्थानीय विकास अधिकारी हरी ज्ञवालीले संक्रमण कालले गर्दा सुशासनमा केही असर परे पनि सुशासन कायम गर्न आफु सदैभ लागी परेको वताउनुभयो । ‘जनप्रतिनिधी विहीन अवस्थाले काम गर्न गाह्रो भएको छ,’ ज्ञवालीले भन्नुभयो, ‘लामो संक्रमणकालले सुशासनलाई प्रभाव पार्छ ।’ उहाँले जिविसवाट पाईने सेवा सुविधा तथा स्थानीय स्तरमा हुने सवै विकास निर्माणका क्रियाकलापहरुलाई सवैले रेखदेख गरी गुणस्तर कायम गर्न सचेत गराउन पनि आग्रह गर्नुभयो ।
सरकारी सेवालाई चुस्त वनाउँदै थप गुणस्तरीय वनाउने हेतुले गुल्मीमा यो वर्षदेखि एलाक डीपी परियोजना लागु भएको परियोजनाकी कार्यक्रम अधिकृत हीरा कुँवरले वताउनुभयो ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग