Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

कतारमा गत बर्ष २ सय नेपालीको मृत्यु

Published on 2:41:00 AM //

दोहा, पुस २२ - वैदेशिक रोजगारको आकर्षक गन्तब्य रोज्दै कतार आइपुगेका झण्डै २ सय नेपालीको सन् २०१३ मा विभिन्न कारणबाट मृत्यु भएको छ ।

दोहास्थित नेपाली नियोगले दिएको तथ्याङकअनुसार सन २०१३ मा १ सय ८९ जना नेपाली कामदारको मृत्यु भएको हो ।
तथ्याङक अनुसार मृत्युमा सबैभन्दा बढि 'सडेन कार्डियक एरेस्ट' (सुतेको सुत्यै भएर ज्यान गएको) तथा सडक दुर्घटनाका कारण छ ।
यसका साथै कार्यस्थलमा दुर्घटना, मस्तिष्क पक्षघात, आत्महत्या र प्राकृतिक मृत्यु पनि यो संख्यामा समेटिएको छ ।
मृत्यु हुनेहरुको संख्या सन २०१२ भन्दा २० ले बढी छ ।
अघिल्लो बर्ष १ सय ६९ जना नेपाली कामदारको कतारमा मृत्यु भएको थियो ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग