Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

किसानको घरमा पुग्दैनन् कृषि र पशु प्राविधीक, बारीमा प्राविधिक नगएपछि किसान समस्यामा

Published on 2:28:00 AM //

भरत पाण्डेय
गुल्मी । गतवर्षदेखि व्याबसायीक रुपमा टमाटर खेती गरेका सदरमुकाम तमघासको नेटा गाउँका किसान ज्ञानीश्वर पन्थी अहिले निकै निराश छन् । आफ्नै सिपले जानी नजानी टमाटर खेती गर्दा तत्कालका लागि उत्पादन राम्रै भएपनि यसलाई अझ राम्रो बनाउने, रोक किरा नियन्त्रण गर्ने, थप विस्तार गर्ने लगायतका विषयमा उनलाई कुनै ज्ञान छैन । पटक पटक गुहार गर्दा पनि  गर्दापनि उहाँको बारीसम्म कृषि प्राविधीक नपुगेपछि उनी अहिले आफ्नो व्याबसायकि खेतीलाई थप विस्तार गर्ने वा नगर्ने भन्ने विषयमा अलमल छन् । ‘हामीहरुले धेरैपटक भन्यौँ अहिलेसम्म तालिम पनि छैन, अहिले तरकारी गरेको भनेको नजानी नजानी आफ्नै अनुभवमा गरीयो’– उनले भने – ‘सिँचाई कसरी गर्ने, रोग किरा कसरी नियन्त्रण गर्ने केही जानकारी अहिलेसम्म पाएका छैनौँ ।’

उनी साधारण किसानजस्तै बाध्यताले कृषि पेशा शुरु गरेका हैनन् । नेपालमा गतवर्षदेखि शुरु भएको कृषि विकासका लागि अन्तराष्ट्रि«य कोष क्ष्ँब्म् को  किसानका लागि उन्नत विउविजन कार्यक्रम अन्तर्गत पहिलोपटक नमुना कार्यक्रमको शुरु भएको नेटा गाउँमा सरोकारवाला कार्यालयहरुले कुनै चाँसो नदेखाएपछि गाउँका सबै किसान अहिले निराश छन् । गतवर्षको फागनुदेखि ठूलो महत्वको योजना भन्दै नमुना कार्यक्रम गर्ने भनेर सबैले अह्राएपछि  त्यहाँका किसानले तरकारी तथा पशुपालन शुरु गरे । पहिलो पटक उत्पादन राम्रै पनि भयो । तर कार्यक्र शुरु गर्न गाउँ पुगेका जिल्लाका सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधीहरु त्यसपछि अहिलेसम्म फर्केर नेटा गाउँ गएका छैनन् ।

‘सदरमुकामबाट जम्मा ६ किलोमिटर टाढा छ, तर अहिलेसम्म कोही फर्केर आएको छैन ’– गाउँका अर्का किसान तथा पूर्व शिक्षक ठाकुर पन्थी भन्छन् – ‘नमुना कार्यक्रम भनेपछि त नमुनाकै रुपमा लैजानको लागि नियमति रेखदेख, किसानलाई तालिम, प्रेरणा, उत्साह, रोगकिराको समाधान, भकारो सुधार जस्ता कार्यक्रम गर्नुपर्ने हो नि, खै केही छैन ।’

आउँदो १० बर्षमा गुल्मीलाई सम्मुन्नत जिल्ला बनाउने उद्धेश्यका साथ गुल्मीका राजनैतिक दलहरुले कृषि र पशुसेवा कर्यालय संगको समन्वयमा १० वर्षे कृषि रणनिती तयार पारी जिल्ला विकाश समिती संगको समन्वयमा गतवर्ष देखि शुरु गरेका थिए । सोही कार्यक्रमलाई सहयोग पुग्ने गरी कार्यक्रम आएको भन्दै सरोकारवालाले ठूलो तामझामका साथ गतवर्ष आईफ्याडको सो कार्यक्रम शुरु गरेका हुन् ।

गुल्मीमा १० वर्षे कृषि रणनिती अन्तर्गत ६८ करोड ६५ लाख ९२ हजार लाग्ने अनुमान गरीएको उक्त रणनिती अन्तर्गत अन्तर्गत कृषिका लागी  ४७ करोड ७७ लाख ४३ हजार  र पशुपालनका लागी २१ करोड ८८ लाख ४९ हजार रुपैयाँ खर्च गर्ने योजना रहेको कार्यक्रमका अगुवा भरत बहादुर चन्दले बताए ।

यो योजना अन्तर्गत १० वर्षमा जिल्लाका २४ हजार घरधुरीका डेढ लाख व्यक्तिलाई रोजगारी दिने र अन्तिम वर्ष अर्थात २०८९ सालमा हरेक घर परीवारको वार्षिक आम्दानी ३३ लाख ६१ हजार ५ सय ३४ रुपैयाँ हुने लक्ष्य लिईएको हो । यो वर्ष रणनिती कार्यान्वयनको पहिलो वर्ष हो ।

नेपालका हिमाली र पहाडी क्षेत्रमा रहेको उच्च गरीवि स्तर र उच्च जनघनत्व रहेको क्षेत्रमा कृषि विउ र पशुजन्य उत्पादनको लागि निजी क्षेत्रको साझेदारीमा ‘किसानका लागि उन्नत विउविजन कार्यक्रम’ शुरु गरीएको क्ष्ँब्म् ले जनाएको छ । सन २०१३ देखि २०१८ सम्म चल्ने कार्यक्रमले यस अवधिमा आर्थिक विकासमा टेवा पुर्याउने, लक्षित क्षेत्रमा प्रतिस्पर्धि, दिगो र समावेशी कृषि विकास प्रवद्र्धन गर्ने जनाईएको छ ।

१० वर्षे रणनीति शुरुवात गर्ने क्रममा आएका कृषि सम्बन्धी परीयोजनाहरुलाई प्रभावकारी ढंगले अगाडी बढाउने भन्दै सदरमुकाम गाविसकै वार्ड नं ९ नेटाका उक्त कार्यक्रम लागु गरीएको थियो भने त्यसलाई सफल पार्न जिल्ला विकास समतिले किसानलाई २० थान प्लाष्टिक टनेल उपलब्ध गराएको हो ।

तर दलहरुको यो महत्वकाँक्षी योजनाको शुरुमै सरोकारवाला कार्यालय कृषि विकास र पशुसेवा कार्यालयको बेवास्ताका कारण नमुना कार्यक्रम नै चौपट हुने अवस्थामा पुगेको छ । गाउँमा देशकै नमुना कार्यक्रम शुरु हुने भयो भनेपछि उत्साहका साथ ७० परीवार किसानले  गाईपालन र तरकारी खेती गर्ने योजना बनाए । तर योजना बनाउनको भोलिपल्टदेखि नै कृषि तथा पशुसेवा कार्यालयबाट कुनै सहयोग नभएपछि निराश बनेकाले उनीहरु मध्ये जम्मा १० जनाले गाईपालन र २६ जनाले टमाटर खेती गरेको गाउँका अगुवा तथा नमुना दुग्ध उत्पादन कृषक समूहका अध्यक्ष माधवराज पन्थीले बताए ।

किसानहरुले टमाटर खेती गर्नको लागि टनेल बनाउन १० खेखि १५ हजार सम्म र गाई पालनको लागि ६० देखि ८० हजारसम्म खर्च गरीसकेको उनले बताउनुभयो । ‘टमाटरका लागि प्लाष्टिक किन्न, टनेल बनाउन र औषधी, मल लगायतका काममा एक किसानको १० देखि १५ हजार सम्म र गाई किन्न, ढुवानी, भकारो सुधार गरेर गाईपाल्ने किसानले ६० देखि ८० हजारसम्म खर्च गरेका छौँ ।’– पन्थीले भने ।

सदरमुकाम तम्घास बजारबाट जम्मा ६ किलोमिटर टाढाको यस ठाउँमा अहिलेसम्म कृषि र पसुसेवा कार्यालयका प्राविधीकहरु पुग्न सकेका छैनन् । सरकारी निकायले नै चाँसो नदेखाएपछि उत्साहित भएर लागेका किसानहरु पनि निराश बन्न थालेका छन् । आफूले ३ वटा गाई र भैँसी आफ्नै घरेलु तरीकाले पालीरहँदा राम्रै आम्दानी भएको तर यसलाई आधुनिकीकरण गर्नको लागि कसैले सहयोग नगरेको बताउनुहुन्छ पशुपालक किसान राजेन्द्र पाण्डे । ‘तीनवटा गाई र २ भैँसी पालेर दैनिक ३० माना दुध बेच्दा मासिक ४० हजार कमाउँछु तर कसैले सहयोग गरेको छैन, खाली आफ्नै गाउँघरे पाराले ’– पाण्डे भन्छन् – ‘ ५०÷६० हजार हालेर गाई ल्याईएको छ, विरामी हुँदा, बाँझै रहँदा के गर्ने पत्तो छैन, त्यो डरले गर्दा अरु छिमेकीहरुले गाई पाल्न आँट्नै सकेका छैनन् ।’

कार्यक्रम शुरु हुने बेला सबै किसानलाई यो क्षेत्रमा जुनसुकै सहयोग पनि गरीन्छ भनेर उत्साह पनि दिईएको थियो । त्यसपछि किसानहरु आ आफ्नो ईच्छा अनुसार तरकारी खेती र पशुपालन शुरु गर्न थाले । गाई खरीद गर्न, भकारो सुधार गर्न, अरु सल्लाह सुझाव सबै उपलब्ध गराउँछौँ भनेका कृषि कार्यालय र पसुसेवा कार्यालयले अहिले पूरै वेवास्ता गरेको किसान बताउँछन् ।

‘कृषिबाट प्राविधकिहरु आएर विरुवा कतिबेला कसरी लगाउने, औषधी कतिबेला कसरी छर्ने, कस्तो रोग लागेका कस्तो औषधी छर्ने भन्ने प्राविधीक ज्ञान हामीलाई नहुँदा लगाएको बन्दा र फूलगोपी बारीमै हरायो ’– पन्थीले भने – ‘गाईबस्तु राम्ररी पाल्न भकारो सुधार गर्ने, घाँस लगाउने काम आफै पैसा खर्च गरेर गरेका छाँै, तर कसैले ज्ञान नदिएपछि कस्तो भयो कस्तो थाहा छैन ।’ भकारो सुधारका लागि कृषि कार्यालयबाट किसानलाई सहयोग गर्ने भनेर किसानहरुले ६ देखि १० हजार सम्म खर्च गरेको तर अहिलेसम्म कहिँ कतैबाट सोधखोज नभएकोले पनि आफूहरु निराश भएको उनले बताए ।

यसबारेमा सरोकारवाला निकायको भने फरक फरक प्रतिकृया छ । प्राविधीकहरुले आफूखुसी रकम असुल्न नपाएकोले नगएको किसानहरुको आरोप छ । आफू जनताको् घरसम्म पुग्दा मोटरसाईकलमा तेल पनि नहालीदिने भएकालेले समस्या भएको जिल्ला कृषि र पशुसेवा कार्यालयका प्राविधीकहरुले बताउँछन् । तर जिल्ला कृषि विकास कार्यालयका बरीष्ठ कृषि विकास अधिकृत चेतनाथ अधिकारी भने एउटा प्राविधीकले धेरै गाविस हेर्नुपर्ने भएकोले त्यहाँका किसानलाई धेरै समय दिन नसकेको भन्दै उनीहरुको ढाकछोप गरे । उनले अव जनताको घर घरसम्म पुग्न नसक्नेलाई कार्वाही गर्ने बताए  ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग