Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

दुई यातायात व्यवसायी समितिको प्रतिस्पर्धाले झन्डै आधा भाडा घट्यो

Published on 3:59:00 AM //

व्यवसायी भन्छन्: समितिको प्रतिस्पर्धाले कर्मामा परियो

राम सुवेदी
बुर्तिबाङ । जिल्लाको दुर्गम भनेर भन्ने गरिएको बुर्तिबाङबाट चल्ने धवलागिरी वस व्यवसायी र दुई वर्ष यता दर्ता भई सेवा सुचारु गरेको बुर्तिबाङ यातायात व्यवसायी समितिले यस अघिको भाडादर करिव ४५ प्रतिशतको हाराहारीमा घटाएका छन् । विगतमा बागलुङदेखि काठमाण्डौका लागि बुर्तिबाङबाट १३ सय लिने गरिएकोमा गएको शनिबार धवलागिरी अञ्चल यातायात व्यवसायी सञ्चालक समितिको बैठकले समायोजन गरि ७ सय बनाएको छ, त्यस्तै बुर्तिबाङ-बागलुङका लागि ७ सय रहेकोमा घटाएर अव ४ सयमा पुगिने भएको छ । त्यसै गरि भिमगीठे, खर्वाङ, हटियादेखिनै अघिल्लो समयमा भन्दा भाडादर एवं रितले घटाइएको समितिका अध्यक्ष राम बहादुर गुरुङले बताउनुभएको छ ।
त्यस्तै बुर्तिबाङ यातायात व्यवसायी समितिले भोली आफ्नो संस्थाको तेस्रो वार्षिक उत्सवको अवसरको पूर्व सन्ध्यामा आज पत्रकार सम्मेलन गर्दै वार्षिकोत्सवको अवसरमा भन्दै भोलीदेखि लागुहुने गरि पहिलाको भाडा दर उत्तिकै हाराहारीमा घटाएको छ । समितिका अध्यक्ष चन्द्रलाल अर्यालले पत्रकार सम्मेलनमा बोल्दै संस्थाले दास्रो वर्ष पूरा गरेर तेस्रो वर्षमा प्रवेश गरेको अवसरमा यात्रुहरुलाई विषेश छेट दिने व्यवस्था मिलाएको जानाकारी दिनुभएको छ । अर्यालका अनुसार अवदेखि बुर्तिबाङदेखि काठमाण्र्डैका लागि यस अघिको भाडादर १३ सयबाट घटाएर ६ सय ८०, भिमगीठे देखि काठमाण्डौका लागि, यस अघिको भाडादर १२ सय २५ बाट घटाएर ६ सय ५० तथा खर्वाङबाट यस अघिको भाडादर ११ सयबाट घटाएर ६ सय कायम गरिएको बताउनुभएको छ । त्यस्तै गरि बुर्तिबाङदेखि बागलुङ तथा बागलुङदेखि पोखराका लागि समेत यस अघिको भाडादर ७ सयलाई घटाएर ४ सय तय गरिएको जानाकारी दिनुभएको छ ।
विगतका दिनमा तेलको मुल्य वृधि भएसँगै भाडादर ९ देखि ११ प्रतिशतका दरले वृद्दी गर्ने यातायात व्यवसायीले यसपटक अचानक भाडादर घटाएपछि यात्रा गर्ने यात्रु समेत चकित परेका छन् । बागलुङका लागि हिडेका अधिकारीचौरका हिमलाल कडेल यस अघि दुर्व काउन्टरमा टिकट लिंदा ५ रुपैयाँ नपुग्दा समेत नछोड्ने गरेकोमा अहिले बागलुङका लागि ३ सय नै छुट दिन सक्दा रहेछन् भन्दै अचम्म परेको बताउनुहुन्छ, तर उहाँलाई यो लामो समयका लागि नभई केही दिनका लागि गरिएको नौटंकी भएको बुझाई पनि छ ।
यसरी अकस्मात के का आधारमा भाडा घटाएको होला भन्दै हामीले धौलागिरी अञ्चल यातायात व्यवस्यासी समितिका अध्यक्ष रामबहादुर गुरुङलाई सोधेका थियौ, गुरुङका अनुसार, धौलागिरीको पहिलो यातायात व्यवसायी समिति भएकाले आफूहरुले सबै सवारी साधनहरु एकै ठाउँबाट सञ्चालन गर्न वार्तामा अनुरोध गरेपनि बुर्तिबाङ यातायात व्यवसायी समितिले आफ्नो हैसियत समेत धौलागिरीको बरावर भएको दावी गरेकाले यस्तो अवस्था आएको बताउनुभएको छ । यता व्यवसायी समितिले यसखालको निर्णय गरिरहेकाछन् तर उता व्यवसायीहरुले भने यसखालको अस्वस्थ प्रतिस्पर्धा गर्नु राम्रो नभएको बताउँदै आफूहरु मर्कामा परिरहेको बताउँदै आएकाछन् ।
यसको आस सहस्य भिन्ने रहेको भन्दै विभिन्न महानुभावले यतिवेला घाम ताप्दै चर्चाको विषय बनाईरहँदा, धौलागिरी अञ्चल यातायत व्यवासायी समितिमा केही पूराना गाडि समेत रहेकाले यसखालको अकर्मण्य निर्णयले अतालिएर आफ्नै व्यवसायीले पूराना गाडी वाहिर भगाउने र नयाँ दतार्न गरि पैसो कमाउने रणनीतिसँग जोडेर पनि लिने गरेको पाइयो, उता समितिका पदाधिकार।ी भने यसकुरामा तुक नभएको तर्क गर्दै आएका छन् । धौलागिरी यातायात व्यवसायी समितिले शनिवार भाडादर घटाएको प्रचार प्रसार गरिरहेको सवालमा पर्वतबाट ७ वटा गाडिहरु समितिबाट बाहिरिएको व्यवासायीहरुले बताएकाछन् । अर्का तिर बुर्तिबाङ यातायात व्यवसायी समितिले सबै नयाँ मोडेलका गाडिहरु चलाइरहेको र सँगै बुर्तिबाङ काठमाण्डौका लागि डिलक्स गाडि समेत भित्र्याएर अलि नयाँपन देखाएपछि यस्तो वातावरण सिर्जना भएको छ । यसले कहिलेसम्म निरन्तारता पाउने हो त्यो भने हेर्न अझै वाँकी देखिन्छ ।
दुवै समितिले जुनखालको निर्णय गरेकाछन् यसबाट सर्वसाधारण यात्रुहरुका लागि त अवस्य फाईदा पुगेको छ, जस्लाई उनीहरु हार्दिकताका साथ स्वागत गरिरहेकाछन् भने केवल प्रतिस्पर्धाका लागि समितिबीचको टक्करले गरिएको यो खालको निर्णय प्रति वास्तविक व्यवसायीहरु भने असन्तुष्टी पोख्दै आएकाछन् ।
समस्या समाधान गर्न भन्दै मंगलबार बुर्तिबाङमा धौलागिरी अञ्चल यातायात व्यवसायी समितिका अध्यक्ष रामबहाादुर गुरुङ सहित धौलागिरी वस व्यवसायी समितिका पदाधिकारी र बुर्तिबाङ यातायात व्यवसायी समितिका अध्यक्ष चन्द्रलाल अर्यालको नेतृत्वमा समितिका पदाधिकारीबीच वार्ता भएपनि सो वार्ताले निचोड निकाल्न नसकेपछि भाडादर घटने प्रकृया पनि लम्बिएको छ । दुई यातायात व्यवसायी समितिले सेवा विस्तार गरेसँगै वेलावेलामा वार्ता र संम्वाद मार्फत प्रतिस्पर्धा भन्दा मिलेमतोमा व्यवसाय सञ्चालन गर्न चाहन्छन् तर दुवैले जित्ने गरि समान हैसियतको निर्णय गर्न नसकेको उनीहरुको भनाई छ ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग