Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

बिज्ञान शिक्षककी आमा बिरामी भएपछी........

Published on 4:11:00 AM //

कबिता घर्तीमगर
गुल्मीको दर्लिङ स्थित नेटा दर्लिङ उच्च माध्यमिक विद्यालयमा शिक्षक नहुँदा विद्यार्थी मर्कामा परेका छन् । रुपन्देही स्थित रोहीनीहावामा घर भै हाल उक्त विद्यालयमा माध्यमिक विद्यालय स्तरको विज्ञान विषयको दरवन्दीमा अध्यापन गराउँदै आउनुभएका रामनेवास यादव गत पौष महिनाको १९ गते आमा विरामी भएको भनी अनौपचारिक विदा लिएर घर गई अहिले सम्म विद्यालयमा उपस्थित नहुँदा विद्यार्थी मर्कामा परेका हुन् ।
यसरी लामो समय विदामा बस्दा कक्षा १०, ११ र १२ का विज्ञान विषयका विद्यार्थीलाई बढी मर्का परको उनीहरुले गुनासो गरेका छन । विदा लिएका शिक्षक समयमा बिद्यालयमा उपस्थित नभएपछि फोनबाट बुझ्न खोज्दा यँहा आफुले पाउनु पर्ने कुनै सेवा सुविधा नभएकाले राजिनामा दिएर नै घर गएको जानकारी दिएको विद्यालयका प्रधानाध्यापक तेज बहादुर सुनारले बताउनुभयो ।
नजिकिँदै गरेको बार्षिक परिक्षा तथा सैक्षिक सत्रको मध्य तिर राजिनामा दिँदा विद्यालयमा अध्ययनरत विद्यार्थी, शिक्षक र सिंगो समाजलाई प्रत्यक्ष असर पर्दा समेत सम्बन्धित निकायले कुनै वास्ता नगरेको विद्यार्थीले आरोप लगाएका छन् । उता विद्यालयले भने अचानक शिक्षकले राजिनामा दिएको कारणले अहिले शिक्षक सेवा आयोगले पनि परिक्षाफल प्रकाशन नगरे पछि तत्कालै शिक्षक राख्न नमिल्ने जनाएको छ । तर विद्यार्थीको तत्कालको समस्याको समाधान गर्न अर्काे शिक्षक ल्यान ब्यवस्था मिलाइएको विद्यालयका सहायक प्रधानाध्यापक यमलाल अर्यालले बताउनुभएको छ ।
उक्त विद्यालयमा कक्षा १० का ६६ जना विद्यार्थीका लागी विज्ञान विषयको र कक्षा ११ र १२ का विद्यार्थीलाई ट्युसन कक्षा लिएका थिए । गुल्मीबाट सहकर्मी नारायण लम्सालले समाचार पठाउनुभएको छ ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग