Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

"राज्यले यातायात व्यवसायीलाई दोस्रो दर्जाको नागरिकको रुपमा व्यवहार गर्यो": महासंघ

Published on 3:50:00 AM //

राम सुवेदी
बुर्तिबाङ । बुर्तिबाङ यातायात व्यवसायी समितिको तेस्रो वार्षिकोत्सवका अवसरमा प्रमुख अतिथिको रुपमा रहनुभएका नेपाल राष्ट्रिय यातायात सर्वोच्च महासंघका अध्यक्ष विष्णु प्रसाद शिवाकोटीले राज्यले यातायात व्यवसायीहरुलाई दोस्रो दर्जाको नागरिकको रुपमा व्यवहार गरेको आरोप लगाउनुभएको छ ।
नेपालको रोजगारीको पक्षमा सबैभन्दा पहिलो हैसियतमा रहेर रोजगार दिलाएको र अर्थतन्त्रको हिसावले समेत दोस्रो स्थानमा रहेर राज्यलाई कर तिर्दै आएको यातायात व्यवसायीहरुलाई राज्यले सम्मान गर्नुको साटो रुट प्रमिटमा समेत अनेक बहानामा दुख दिंदै आएको बताउनुभएको छ । थप वोल्दै शिवाकोटीले देशमा सिन्डकेटको प्रथालाई वचाई राखेर आफूले खाने थलो बनाएको यातायात महासंघ र त्यसको आसपासमा रम्ने वानी परेका प्रशासकहरुलाई आफूले सर्वोच्च महासंघको गठन गरेर स्वतन्त्र ढंगले नेपालको जुनसुकै ठाउँमा पनि यातायात व्यवसायीले व्यवसाय चलाउन पाउने वातावरण सिर्जना गरेको दावी गर्नुभएको छ । अहिले पनि केही सिन्डिकेटवादीहरुले यसलाई बाचर्य राख्न विभिन्न प्रपञ्ज रचेर नौटंकी गरिरहेको उहाँले बताउनुभयो ।
त्यस्तै कार्यक्रमका बिशिष्ट अतिथिको रुपमा रहनुभएको सर्वोच्च महासंघका मुख्य महासचिव सम्भु अधिकारीले हिजो पृथ्वी राजमार्गमा चल्ने यातायात व्यवसायी समितिले धौलागिरीका व्यवासायीलाई मर्कामका पारिरहेको अवस्थामा भाडा घटाउने रणनीति लिएको स्मरण गराउँदै धौलागिरी यातायात व्यवसायी समितिलाई खाने रणनीति लिंदा समेत आफूहरुले धौलागिरीको सपोर्ट गर्दैै आएकोमा आज धौलागिरीले आफ्नो विगतलाई भुलेर बसको भाडा घटाएको बहाना यात्रुसामु गरेर बुर्तिबाङ यातायात व्यवसायी समितिलाई निल्ने दिवा सपना देखेको आरोप लगाउँदै तत्काल यस्तो अस्वस्थ प्रतिस्पर्धाबाट माथि उठेर सबैले गरिखाने वातावरणमा आउन आग्रह गर्नुभएको छ । कार्यक्रमका विभिन्न राजनैतिक दलका प्रतिनिधि, सरकारी तथा ग्रह्र सरकारी संघ संस्थाका पदाधिकारी÷प्रतिनिधि, पत्रकार लगायतको उपस्थिति रहेको थियो ।
सो अवसकमा गुल्मी यातायात व्यवसायी समितिका रुपकलाल श्रेष्ठ, बुर्तिबाङ यातायात व्यवसायी समितिका कानुनी सल्लाहकार केशवराज पराजुली, राष्ट्रिय उद्यमशील मजदुर भलाईकोष बुटवलका सचिव प्रकाश श्रीधर, नेकपा एमालेका प्रतिनिधि चिन्तामणी शर्मा, एकीकृत नेकपा माओवादीका प्रतिनिधि राम प्रसाद आचार्य, पशुसेवा कार्यालय बुर्तिबाङका प्रमुख श्यामसुन्दर यादव, बुर्तिबाङ व्याडमिन्टन संघका अध्यक्ष यामु पौवि लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

यसैबीच, समितिले समितिमा आवद्ध व्यवसायी तथा अतिथिहरुलाई मायाको चिनो तथा सम्मान पत्र दिएर सम्मान समेत गरेको छ । समितिका अध्यक्ष चन्द्रलाल अर्यालको अध्यक्षता रहेको कार्यक्रममा उपाध्यक्ष कुलबहादुर सिंजालीको स्वागत मन्तव्य तथा महासचिव नरहरी भुसालको सञ्चालनमा सम्पन्न भएको छ ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग