आज प्रेम दिवस, एक अर्कामा माया साटासाट गरी मनाईँदै
Published on
4:02:00 AM //
आज फेब्रुअरी १४ अर्थात बिश्व प्रेम दिवस विश्वरभर प्रेमसाटासाट गरी यो दिवस मनाईदै छ । प्रेमीप्रमीकाहरुले प्रेमको प्रतीक रातो गुलाब साटासाट गर्ने र औपचारिक रुपमा प्रेम प्रस्ताव राख्ने प्रचलन छ । यस अबसरमा खासगरी फूल तथा अन्य उपहारहरु साटासाट गरीने चलन बढ्दो छ ।
पश्चिमा सँस्कृति भए पनि यस दिवसले नेपालमा पनि स्थान पाइरहेको छ । नेपाली युवा युवतीहरुले पनि यो दिवसलाई बिशेष महत्वको रुपमा मनाउने गर्दछन् । बिशेषगरी पार्क तथा मन्दिरहरुमा युवा युवतीहरुको भिड लाग्ने गरेको छ । ईसापूर्व २७० मा रोमका राजा क्लाउडियस द्वितीयले जनताहरु प्रेम, यौन र विवाहमा लिप्त रहँदा सैनिक सेवामा कोहि नलाग्ने र शान्ति सुरक्षामा खलल पुग्ने निष्कर्ष निकाल्दै प्रेम गर्न प्रतिवन्ध लगाएका थिए । तर पादरी भ्यालेन्टाइनले राजाको आदेश अस्वीकार गर्दै प्रेम गरेपछि उनलाई फेब्रुअरी १४ मा मृत्युदण्ड दिईएको थियो । भ्यालेन्टाइनलाई मृत्युदण्ड दिइएको सोही दिनको सम्झनामा हरेक फेब्रुअरी १४ तारिखलाई ‘भ्यालेन्टाईन डे’लाई प्रेम दिवसको रुपमा मनाउने गरिन्छ ।
प्रेम दिवस (Valentines Day) को महत्व
प्रेम दिवस आफैमा एक महत्वपूर्ण दिन, युवा युवतीले एक आपसमा प्रेम प्रकट गर्ने दिन । आफूले मन पराएको केटा वा केटीलाई प्रेम प्रस्ताव राख्ने दिन । प्रेम सम्बन्ध स्थापित भएका प्रमि प्रेमिकाको प्रेम अझ दरिलो र सुदृढ पार्न मद्दत पुर्याउने दिन प्रेम दिवसको प्रारम्भ तेश्रो शताब्दीको अन्त्यतिर रोमनबाट सुरु भएको हो । तेश्रो शाताब्दीको अन्त्यतिरबाट प्रारम्भ भएको प्रेम दिवस अहिले आएर विश्वभरी नै पैसिद्ध भएको छ । आजको विश्वका युवा युवतीहरु प्रेम दिवसका दिन अत्यन्तै रमाउने गर्दछन् । विश्वव्यापी रुपमा मान्यता पाउँदै गएको यो दिवसले प्रेमको सार्थकता र उचाईलाई अझ बढी उचाईमा पुर्याउँदै लगेको छ । प्रेम दिवसको प्रारम्भको ईतिहासलाई र्फकेर हेर्दा नारीसँगको सम्बन्धको कारण सुरक्षाकर्मीहरु कमजोर हुने र गोप्य सूचनाहरु बाहिर जाने डरले रोम सम्राटले प्रेम र विवाहमा रोक लगाएता पनि त्यसको उल्लङघन गर्दै प्रेम दिवसले थुप्रै सैनिक र प्रहरीलाई बैबाहिक सुत्रमा बाँधिएपछि उनलाई सम्राटले मृत्युदण्ड दिए । रोमका एक जेलरकी छोरीसँगको प्रेममा पागल भएका भ्यालेन्टाइनले मृत्युदण्ड पाउनु भन्दा केहि दिन अघि अन्तिम प्रेम पत्र लेखेका थिए ।
उनको समाधिस्थलमा बनाएको स्मारकमा मानिसहरुले प्रेमका कारण उनले गरेको त्याग र प्रेम विवाहका कारण सम्राटबाट पाएको मृत्युदण्डलाई हाँसीहाँसी स्वीकार्नुलाई पूजा गर्दै प्रतेक बर्ष उनलाई श्रद्धाञ्जली अर्पण गर्दछन् । त्यही दिनबाट या भनौँ फेब्रुअरी १४ का दिन युव युवतीले प्रेमपत्र साटासाट गर्न थाले र फेब्रुअरी १४ लाई विश्वभरी नै प्रेम दिवसको रुपमा मनाउन थालियो । अहिलेको विश्वमा प्रेमको माध्यमबाट भावनाहरु साटासाट गरेर प्रेम दिवस-खबभिलतष्लभ मबथ) मनाईन्छ । हामीलाई थाहा भएकै कुरा हो, विक्षिप्तता, घृणा, हत्या,अन्याय, अत्याचा, युद्ध, धोका, दुःख, पिडा जस्ता नराम्रा कुराहरु प्रेमको अभावमा हुने गर्दछ । यसै कुरालाई मनन् गरेर विश्व चर्चित व्यक्तित्व माहात्मा गान्धी भन्नुहन्छ ‘ प्रेम भन्दा ठुलो बस्तु संसारमा अरु केही छैन् ।
प्रेमले पापीलाई पनि सुधार्छ । प्रेम त्यो हतियार हो जसको प्रयोगले शत्रु पनि मित्र बन्दछ । ‘ साँचो अर्थमा भन्ने हो भने प्रेमले मानिसलाई नयाँ जीवन दिन्छ । यस कुरालाई महान् बैज्ञानिक, दार्शनिक चिन्तकहरुले स्वीकारी सकेका छन् । प्रेम भनेको आत्माको आवाज हो, यो कुनै बनावटी कुरा होइन । आजको विश्वमा उमेर पुगेका युवा युवतीहरु प्रेम संसारमा अनुशासित रुपमा लाग्नुलाई अन्यथाको रुपमा मान्नु हुदैन । त्यसो त कलिला उमेरका किशोर किशोरीहरुको बौद्धिकतामा आउन सक्ने कमीले गर्दा प्रेम बन्धन नभएर अ भिसाप पनि बन्न सक्दछ । कलिलो उमेरका किशोर किशोरीहरुले प्रेम भन्दा अध्ययनलाई नै बढी जोड दिनु उपयुक्त हुन्छ । तर उमेर पुगेका ,अध्ययन पुरा गरेर बसेका युवा युवतीलाई भने प्रेमको ठुलो महत्व छ । प्रेम बैवाहि जीवनसँग पनि गाँसिएको छ ।
प्रेमले युवा युवती भित्र लुकेर रहेका अन्तरनिहित भावनालाई प्रस्फुटित गरि दिन्छ र आफ्नो आनन्दमय जीवनलाई अगाडि बढाउँछ । बयस्क अवस्थामा युवा युवतीमा प्रेमको अत्यन्तै आवश्यकता छ । प्रेमले गर्दा नै मानिसको जीवन सफल हुन्छ । प्रेम नभएको दाम्पत्य जीवन असफल र अपुर्ण हुन्छ । बास्तमा भन्ने हो भने प्रेम अदभुत छ, यसमा स्वर्गीय आन्नद लुकेको छ । जीवनको सम्पूर्ण सुख भनेकै यही प्रेममा टिकेको छ । प्रेम दिवसमा युवा युवतीले मन खोलेर आफ्नो प्रेम प्रस्ताव राख्ने गर्दछन् । तसर्थ प्रेम दिवसको महत्व आजको विश्वमा दिन प्रतिदिन बढ्दै गएको छ ।
पश्चिमा सँस्कृति भए पनि यस दिवसले नेपालमा पनि स्थान पाइरहेको छ । नेपाली युवा युवतीहरुले पनि यो दिवसलाई बिशेष महत्वको रुपमा मनाउने गर्दछन् । बिशेषगरी पार्क तथा मन्दिरहरुमा युवा युवतीहरुको भिड लाग्ने गरेको छ । ईसापूर्व २७० मा रोमका राजा क्लाउडियस द्वितीयले जनताहरु प्रेम, यौन र विवाहमा लिप्त रहँदा सैनिक सेवामा कोहि नलाग्ने र शान्ति सुरक्षामा खलल पुग्ने निष्कर्ष निकाल्दै प्रेम गर्न प्रतिवन्ध लगाएका थिए । तर पादरी भ्यालेन्टाइनले राजाको आदेश अस्वीकार गर्दै प्रेम गरेपछि उनलाई फेब्रुअरी १४ मा मृत्युदण्ड दिईएको थियो । भ्यालेन्टाइनलाई मृत्युदण्ड दिइएको सोही दिनको सम्झनामा हरेक फेब्रुअरी १४ तारिखलाई ‘भ्यालेन्टाईन डे’लाई प्रेम दिवसको रुपमा मनाउने गरिन्छ ।प्रेम दिवस (Valentines Day) को महत्व

0 प्रतिकृयाहरु