Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

गुल्मीको हस्तिचौरमा प्रहरी चौंकि स्थापना

Published on 6:33:00 PM //

जनार्दन घिमिरे
गुल्मी, १ फागुन । गुल्मीको हस्तिचौर गाविसमा विहिवार अस्थाई प्रहरी चौंकि स्थापना गरिएको छ ।  प्रहरी सहायक निरिक्षक युवराज सलामिको नेतृत्वमा दुई हवल्दार र चार जवान गरि सात जनाको दरवन्दि कायम गरि उक्त ईलाकामा पहिलोपटक स्थायी प्रहरी चौंकि स्थापना गरिएको हो ।

प्रहरि चौंकिको स्थापना कार्यक्रममा वोल्दै प्रमुख जिल्ला अधिकारी कमलराज ढकालले स्थानीय जनताको माग वमोजिम प्रहरी चौंकि स्थापना गरिएको भन्दै नागरिक पनि बिनाबर्दिका प्रहरी भएकोले दुवैले एकअर्कोलाई सहयोग गर्नु पर्ने वताउनु भएको थियो । कार्यक्रममा प्रजिअ ढकालले स्थानीयवासिहरुलाई प्रहरीसँग समन्वय र सहकार्य गरि अपराध नियन्त्ररणगारि समाजका विकृति र विसंगतिलाई हटाउन सहयोग गर्न आग्रह समेत गर्नु भएको छ ।

नेपाल सरकारले २०५४ सालमा प्रहरी चौंकि स्थापनाकालागि उक्त क्षेत्रमा दरवन्दि कायम गरेपनि द्वन्दको कारण उक्त समयमा चौंकि स्थापना हुन सकेको थिएन । स्थानीयवासिहरुको पटक पटकको आग्रह अनुसार ढीलै भएपनि उक्त ठाउँमा प्रहरी चौंकि स्थापना भएपछि त्यस क्षेत्रका जनताहरु यतिवेला खुसि वनेका छन् ।

हस्तिचौर गाविसमा चौंकि स्थापना भए पनि त्यसवाट मुसिकोट, वडागाउँ, ईस्मा तथा दर्लामचौर लगायतका गाविसलाई सेवा पुग्ने वताईएको छ । हस्तिचौर गाविस सचिव नरवहादुर अर्यालको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका निमित्त प्रहरी प्रमुख राजेन्द्र प्रसाद श्रेष्ठ, ससस्त्रका प्रहरी नायव उपरिक्षक टोप वहादुर खनाल, जिल्ला अनुसन्धान कार्यालयका प्रमुख महेशमान श्रेष्ठ, लगायत स्थानीय राजनैतिक दल एवं विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

जिल्लामा हाल जिल्ला प्रहरी कार्यालय सहित चार ईलाका प्रहरी कार्यालय, १० वटा प्रहरी चौंकि र दुईवटा अस्थाई प्रहरी पोष्टहरु रहेका छन् ।  

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग