Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

पानीको मुल सुक्न थाले पछि काँडेबासका स्थानियबासी समस्यामा

Published on 8:04:00 PM //

कविता घर्ती मगर
बागलुङ । बागलुङको काँडेबास स्थित उचाका तथा थालेपोखरामा खानेपानीको समस्या पर्न थालेको छ । भौगौलिक बनावटले निकै उच्च स्थानमा रहेका उचाका र थालेपोखरामा वर्षाको समयमा मुलको पानी तथा हिउँदको समयमा आकासे पानी घैटोमा जम्मा गरि खानेपानी निर्वाह गर्ने गर्दछन् । तर अहिलेको समयमा मुलको पानी सुक्ने र आकाशबाट पनि पानी नपर्ने भएपछि त्यस स्थानमा खानेपानीको निकै समस्या भएको स्थानिय समाजसेवी भिम सेरचनले वताउनुभयो । बर्षातको समयमा पानी पर्ने भएपनी फागुन देखि असार सम्म प्रत्यक वर्ष पानीको समस्या हुने गर्दा पनि सरोकारवालाले ध्यान नदिएको स्थानियबासीले गुनासो गरेका छन्  ।
उचाका गाउँका १८ घरधुरी र एक बिद्यालयमा २०६९ सालदेखि घैटोमा आकासे पानी सँकलन गरि खानेपानी गुजारा गरिएको छ । पश्चिम नेपाल खानेपानी तथा सरसफाई डिभिजन कार्यलय, जिल्ला विकास समिती, गाउँ विकास समिती र स्थानिय जनश्रमदान गरि कुल ११ लाख २८ हजार को लागतमा निर्माण गरिएका घैँटाहरुमा संकलन गरिएको पानीकै भरमा हिउँदको ४ महिना गुजार्नु परेको स्थानिय थालेपोखरा प्राथमिक विद्यालयका प्रधानाध्यापक चन्द्रमणि चालिसेले वताउनुभयो ।
यसबाट पिउने पानीको लागी गुजारा चले पनि खेलबारीमा सिँचाई गर्ने तथा सरसफाईको लागि घण्टौ लागेर पानी बोक्नुपर्ने बाध्यता छ । आर्थीक अबस्था कमजोर भएका यस क्षेत्रका बासिन्दाले घरदेखि ३ देखि ४ किलोमिटर टाढा खानेपानीको मुहान भएपनि पानी गाउँ बस्ती सम्म ल्याउन नसकेको स्थानियले बताएका छन । काँडेवास गाउँ विकास समितीको वडा नं ५ र ७ वडाका करिव ४२ घरधुरी खानेपानीको समस्या झेल्नु परेको स्थानियको भनाई छ ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग