Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

नेत्र ज्योति संघ गुल्मीको जिल्ला सभा सम्पन्न

Published on 11:11:00 PM //


‘सन २०२० सम्म सवैका लागि दृष्टि’ भन्ने मुल नाराका साथ नेपाल नेत्र ज्योति संघ गुल्मी शाखाको १८ औं जिल्ला सभा शुक्रबार सम्पन्न भएको छ । २०४७ सालमा स्थापना भएको नेपाल नेत्रहिन संघ गुल्मी शाखाले जिल्लाका आखाका रोगीहरुलाई घर दैलो सम्म पुगेर उपचार सेवा पुराउँदै आई रहेको प्रति कार्यक्रमका बक्ताहरुले खुलेर प्रशंसा गरेका थिए ।
कार्यक्रममा प्रतिवेदन प्रस्तुत गर्दै संघका सचिव अखिलेश्वरप्रसाद पाण्डेले वार्षिक १५ सय भन्दा बढि जनालाई प्रत्येक्षर २५ सय जनालाई अप्रत्यक्षरुपमा सेवा प्रदान गर्दै आएको बताउनु भएको थियो । जिल्लाका ३ वटै क्षेत्रमा एकएक वटा आँखा उपचार केन्द्र स्थापना गरिएको जानकारी गराउँदै उहाँले २०७० जेष्ठ १० र ११ गते सम्पन्न नेपाल नेत्र ज्योति संघको २० औं अधिवेशनको अवसरमा केन्द्रवाट गुल्मी शाखा ‘ नेत्रज्याति विशिष्ट पुरष्कारले सम्मानित भएको जानकारी दिनु भएको थियो । त्यस्तै प्रतिवेदन प्रस्तुत गर्दै संघका कोषाध्यक्ष डिल्लीराज भुसालले २६ लाख भन्दा बढिको आय व्याय प्रस्तुत गर्नुु भएको थियो ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी कमलराज ढकाल, स्थानिय विकास अधिकारी हरिप्रसाद ज्ञवाली, नेपाली कांग्रेसका उप–सभापति भुवनप्रसाद श्रेष्ठ, नेकपा एमालेका अध्यक्ष टोमलाल पाण्डे, एकिकृत नेकपा माओवादीका सचिवालय सदस्य बुद्धि जिसी लगातका दलका प्रतिनिधी लगायतका महानुभावहरुका आतिथ्यता थियो । संघका जिल्ला अध्यक्ष भरतबहादुर चन्दको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सह–सचिव गुणानिधी शर्माको सञ्चालन रहेको थियो । सभाको उद्घाटन सत्रपछि बन्द सत्र चलिरहेको छ । नेत्रज्याति संगको बाँकी खवर गुल्मीन्युज डट कममा केहि दिन भित्र रेडियो रिर्पोट मार्फत प्रस्तुत गरिनेछ ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग