Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

गुल्मी सेवा समाज युएईद्धारा उपनियोग प्रमुख नेत्रबहादुर टण्डनलाई स्वागत

Published on 7:44:00 PM //


लालबहादुर ढेंगा
दुबई । गएको ७ फेब्रुअरी शुक्रबारका दिन अबुधावीको रायल राजेस्थान रेष्टुरेण्टमा नेपाली राजदूतावास अबुधावीका उपनियोग प्रमुख नेत्रबहादुर टण्डन, श्रीमती कौशल्या टण्डन र पुत्री केली टण्डनलाई एउटा कार्यक्रमको आयोजना गरी स्वागत गरेको छ । भर्खरै मात्र उपनियोग प्रमुखको पदमा आउनु भएका नेत्रबहादुर टण्डनलाई गुल्मी सेवा समाज युएईद्धारा स्वागत गरिएको हो ।
 उक्त स्वागत कार्यक्रमको प्रमुख अतिथिमा दूतावासका उपनियोग प्रमुख नेत्रबहादुर टण्डन रहनु भएको थियो भने कार्यक्रमको अध्यक्षता गुल्मी सेवा समाज युएईका अध्यक्ष लक्ष्मण भण्डारीले गर्नु भएको थियो । अन्य अतिथिहरुमा विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, समाजसेवी र पत्रकारहरु रहेको कार्यक्रमलाई अबुधावी क्षेत्रीय समितिका सचिव टिकाराम खरेलले संचालन गर्नु भएको थियो ।
 पल्लीकोट १, गुल्मीमा जन्म भई हाल काठमाण्डौमा बसोबास गर्दै आउनु भएका उपनियोग प्रमुख टण्डनले विगत ३० बर्षदेखि परराष्ट्र मन्त्रालयमा कार्यरत गर्दै आउनु भएको थियो भने युएई आउनुभन्दा पहिले अष्टेलिया, फ्रान्स, अमेरिका र म्यानमरको दूतावासहरुमा समेत कार्य गरी सक्नु भएको छ ।
 उपनियोग प्रमुख टण्डनले आफ्नो मन्तव्यको क्रममा युएईमा आउना साथ आफ्नो जन्म थलो गुल्मी सेवा समाज युएईद्धारा स्वागत गरिएकोमा आभार व्यक्त गर्नु भयो । युएईस्थित कार्यरत नेपालीहरु र दूतावास सम्बन्धित कन्सुलर सेवाहरु सहज र सरल तरिकाबाट प्रदान गरिने कुरामा पनि प्रतिवद्धता जाहिर गर्नु भयो । सम्पूर्ण प्रवासी नेपालीहरुलाई एक आपसमा भाईचाराको सम्बन्ध स्थापना गरी युएईको नियम कानुनलाई पालना गर्न समेत आग्रह गर्नु भएको छ ।
 अध्यक्ष लक्ष्मण भण्डारीले गुल्मेलीवासीहरुको सांझा संस्था गुल्मी सेवा समाज युएईले धेरै सहयोग र उद्धार कार्यहरु गरिसकेको बताउनु भयो । आगामी दिनहरुमा सदस्यता र आजीवन सदस्यताहरु वितरण गर्दै अझै सशंक्त ढंगले अगाडि बढाउने जानकारी दिनु भयो । हरेक आई पर्ने समस्याहरु र कुनै पनि कार्यमा सम्पूर्ण गुल्मेलीवासी सधै एकजुट भएको भन्दै सबैलाई धन्यबाद र आभार व्यक्त गर्नु भयो ।
 उपनियोग प्रमुख टण्डनलाई गुल्मी सेवा समाज युएईद्धारा स्वागत गर्न पाउदा खुशी लागेको बताउनु भयो । साथै आगामी कार्यकालको लागि शुभकामना दिनु भएको छ ।
 केन्द्रीय उपाध्यक्ष कृष्णप्रसाद गौतमको शुभकामना मन्तव्यबाट थालनी भएको कार्यक्रममा उपनियोग प्रमुख टण्डनलाई अध्यक्ष भण्डारीले फुल तथा खादा ओढाएर स्वागत गरिएको छ भने श्रीमती कौशल्या टण्डन र पुत्री केली टण्डनलाई तुलसी घिमिरेले फुल तथा खादा ओढाएर स्वागत गरिएको थियो । साथै अन्य अतिथिहरुले पनि खादा ओढाएर स्वागत गरेका छन् ।




0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग