Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

मानवअधिकारको लागि नागरिक समाज सञ्जाल गुल्मीमा शर्मा

Published on 6:46:00 PM //

शिबलाल सुबेदी 
गुल्मी, २० माघ । मानव अधिकारको लागि नागरिक समाज सञ्जालमा गुणानिधी शर्मा चयन हुनुभएको छ । जिल्लामा ०५९ साल देखि कृयाशिल रहेको मानवअधिकारको लागि नागरिक समाज सञ्जाल गुल्मीमा शर्मा आगामि २ बर्षका लागि सर्वसम्मत संयोजक चयन हुनुभएको हो ।
०५९ सालदेखि क्रियाशिल रहेको सञ्जालको पहिलो विस्तारित भेलाले आज शर्मालाई चयन गरेको छ । जसको सहसंयोजक कमला पुन, सचिव नरेश भण्डारी, कोषाध्यक्ष कमला बराल र सदस्यहरुमा श्याम पाण्डे, छविलाल विक, मिना पन्थ, पवित्रा कुमाल, घनबहादुर खड्का, गगनशिला खड्का, रेशम कुवँर, टोपलाल अर्याल, सीता भूसाल, जानकी ज्ञवाली र नवराज भुसाल रहनुभएको छ । सोमबार भएको भेलामा बोल्दै प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी कमलराज ढकालले नागरिक अगुवाहरु एक ठाउँमा संगठित भई संयुक्त आवाज उठाउँदा अभियान बलियो बन्ने भन्दै जिल्लाको प्रशासनिक प्रमुखको नाताले नागरिक समाजबाट सधैभरी स्वस्थ आलोचनाको अवेक्षा र स्वागत गर्ने धारणा राख्नु भयो । उहाँले राजनीतिक स्थायित्वले मात्र दण्डहिनता लगायतका समस्याको समाधान गर्ने भन्दै दोस्रो संविधान सभाको सफलता र स्थानीय निकायको निर्वाचनले धेरै जसो समस्या समाधानको ढोका खुल्ले धारणा राख्नुभयो । कार्यक्रममा निमित्त प्रहरी प्रमुख प्रहरी निरिक्षक निशान्त श्रीवास्तवले मानवअधिकार सञ्जालसंग विगतमा भन्दा अझ वढि सहकार्य गरेर काम गर्न चाहेको धारणा राख्नुभयो । त्यस्तै गैसस महासंघका अध्यक्ष विष्णुप्रसाद भण्डारीको अध्यक्षता रहेको कार्यक्रममा इन्सेक प्रतिनिधि एवं सञ्जालका सचिव नरेश भण्डारीले मानवअधिकार सञ्जालको अवधारणा प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा नेपाल नागरिक समाजका अध्यक्ष गुणनिधी शर्मा, सुशासन अभियानका श्याम पाण्डे, बारएशोशिएसनका जिवलाल पाण्डे, उपभोक्ता हित संरक्षण पञ्चका ललिता गौतम, सञ्चारिका समूहका गगनशिला खड्का लगायतका वक्ताहरुले अवधारणा पत्र उपर टिप्पणी गर्दै योजना निर्माण प्रकृयामा लक्षित वर्गको प्रतिनिधित्व गराउन पहल गर्ने, हिंसा पीडित, दलित, एकल महिलाका सवालमा सशक्त आवाज उठाउने, स्थानीय निकायको निर्वाचनको लागि दवाव सृजना गर्ने, पूणप्रेस स्वतन्त्रताको पक्षमा वकालत गर्ने लगायतका कार्ययोजना थप गर्नुभएको थियो ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग