Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

कोरियामा ‘रेसुङ्गा सांस्कृतिक झलक २’ सम्पन्न

Published on 4:08:00 AM //

गुल्मी संपर्क समिती दक्षिण कोरियाले जनवरी ३१ का दिन ‘रेसुङ्गा सांस्कृतिक झलक २’ भब्य रुपमा सम्पन्न गरेको छ ।

समितीले ‘वृद्ध–वृद्धा हाम्रा भगवान हुन, वृद्धाआश्रम सहयोगार्थ हाम्रो अभियान’ भन्ने मुल नाराका साथ परोपकारी कार्यका लागि साँस्कृतिक कार्यक्रम गरेको समितिका अध्यक्ष शंकर राना मगरले जानकारी दिए ।
‘प्रवासमा रहेर जन्मठाउँमा हुने आपतकालिन अवस्थामा परेकाका लागि थोरै भएपनि राहत उपलब्ध गराउन नै हामीले कार्यक्रम गरेका हौं’, अध्यक्ष रानाले भने –‘सन २००७ मा स्थापना भएको समितिले स्थापनाकालदेखि नै विभिन्न परोपकारी कार्य गर्दै आएको छ ।’

कार्यक्रममा गुल्मीको रुद्राबेणीमा रहेको वृद्धाश्रमका लागि करिब १० लाख नेपाली रुपैयाँ सहयोग गर्ने उद्धेश्य अनुरुप २ लाख रुपैयाँ गत सेप्टेम्वरमा भएको रेसुङ्गा भलिवल प्रतियोगिताबाट छुट्टाएको जानकारी दिँदै अध्यक्ष राना मगरले भने ‘त्यो रकममा अव ८ लाख नेपाली रुपैयाँ थपेर वृद्धाआश्रमका लागि उपलब्ध गराउने हाम्रो उद्धेश्य छ ।’ साथै कार्यक्रम भव्य रुपमा सम्पन्न गर्न सहयौग गर्ने सबैप्रति आभारी रहेको पनि बताए ।
कार्यक्रममा गायक गायिकाहरु दिपक लिम्वु, कुलेन्द्र विक, सम्झना लामिछाने मगर, हाँस्यकलाकार जितु नेपाल ‘मुन्द्रे’, नायिका शुष्मा कार्कीले विभिन्न प्रस्तुति देखाएका थिए । त्यस्तै स्थानिय बिसौनी समुह लगायत अशोक थुलुङ, नगेन्द्र थापा, भरत गुरुङ, नेपाल मगर संघ कोरियाका कलाकारहरुले पनि आ–आफ्नो प्रस्तुति दिएका थिए ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग