Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

गजल

Published on 6:51:00 PM //

-अशोक गौतम "क्षितिज"

हराएका सन्तानको आधा शरिर भेटिएको छ ।
र भेटिएको छ कसैको मात्रै शिर भेटिएको छ ।

यो समय पनि छि कस्तो अचम्मको हो ?
तिनै दु:खी मनहरुमा अनेकौं पिर भेटिएको छ ।

कठै उनका ति सन्तानले अव केही सुख पाउलान,
विचरीलाई शरिर वेच्ने जागिर भेटिएको छ ।

खै कस् कस्ले के के पाउने हुन् थाहा छैन,
गरिवको वस्तीमा मन्दिर भटिएको छ ।

मेरो देशको अस्तित्व र आमाको अस्मिता जोगाउनु,
भन्दैछ क्षितिज मेरो गन्तव्यको आखिर भेटिएको छ ।

सचिव 
परिदृष्य साहित्य प्रतिष्ठान्
शंकरनगर, रुपन्देही


0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग