Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

समाचार प्रभावः चेक रिपब्लिकबाट वसन्तीलाई ७० हजार सहयोग

Published on 3:56:00 PM //

प्रेम सुनार
गुल्मी, ४ फागुन । स्तन क्यानसर रोगले जिवन मरणको दोसाँधमा रहेकी गुल्मी हस्तीचौर ३ कि वसन्ती कुँवरको सहयोगको अपिल सम्वन्धी खवर ओझेलका खवर गुल्मीन्युज डट कम मार्फत सुनेपछी युरोपेली मुलुक चेक रिपब्लिकमा कार्यरत नेपालीहरुले करिव ७० हजार रुपैँया सहयोग संकलन गरेका छन् । त्यहाँ कार्यरत नेपालीहरुको संस्था नेपाली चौतारी चेक रिपब्लिकले करिव ७० हजार संकलन गरेको गुल्मीको वामी अर्जेवा निवासी संस्थाका अध्यक्ष बैकुण्ठ रायमाझीले जानकारी दिनु भयो । उहाँका अनुसार सो रकम संस्थाका उपाध्यक्ष पाण्डप अधिकारीको हस्ते गरी नेपाल पठाईएको छ ।
वसन्तीको जिवन रक्षार्थ प्रति ब्याक्ति ५ हजार सम्म सहयोग गर्नेहरुमा अध्यक्ष बैकुण्ठ रायमाझी, उपाध्यक्ष अधिकारी , गुल्मीको मुसिकोट ७ कालिरह निवासी जितेन्द्र रायमाझी, सोही स्थानका विष्णु रायमाझी, मुसिकोटकै रातचौर निवासी विष्णु रायमाझी, जिवन केसी, बाग्लुङ्गको सिमलचौर निवासी रोम अधिकारी, हस्तीचौर मल्दीका अर्जुन कुँवर, सोही स्थानका अजुर्न खत्री, वामी पैयौपाटाकी करुण बोहरा जसले नपालबाट अनाथ वाल वालिकाहरु समेत चेक रिपब्लिकमा लगेर पढाउनु समेत भएको छ ।
त्यस्तै वसन्तीलाई चेक रिपब्लिकबाट सहयोग गर्नेहरुमा चितवन भरतपुरका राजेन्द्र रायमाझी, सोही स्थानका सितल पन्त, गुल्मी वामी टक्सारकी सरुना शाक्य, मुसिकोट कालिरहका ओम रायमाझी, सोही स्थनका चित्र रायमाझी, बडगाउँका शिव खरेल, मुसिकोटका कृष्ण खत्री, मुसिकोट कै छत्र अधिकारी, पौदी अमराई अरेवाका गंगा रायमाझी, वामी आगरपानीका अर्जुन सापकोटा, मुसिकोटका भुवन केसी रहनु भएको छ ।
त्यस्तै नवलपरासीका डिलु भुसाल, बाग्लुङ्ग सिमलचौरका यम अधिकारी, सोही स्थानका नविन अधिकारी, बाग्लुङ्ग जलजलाका शसी पुन, समिलचौ कै संजय अधिकारी, प्रेम अधिकारी, सोही स्थानका नाम पाण्डप अधिकारी खुल्न नसकेका थापा मगर, बाग्लुङ्ग भिमगिठेका रामबहादुर थापा, अर्घाखाँचीका नुमबहादुर क्षेत्री लगायतले सहयोग गर्नु भएको हो । चेक रिपब्लिकबाट नेपाली चौतारी समाजका अध्यक्ष वामी निवासी बैकुण्ठ रायमाझीले ओझेलका खवर सञ्चालक प्रेम सुनारको फेशबुक मार्फत पठाएको बिज्ञप्तीमा स्तन क्यान्सर पिडित वसन्ती कुँवरको सिघ्र स्वास्थ्य लाभको कामना गर्दै समाजका उपाध्यक्ष पाण्डप अधिकारीले सो रकम तम्घासमा हस्तान्तरण गर्नु हुने जनाईएको छ ।  उहाँले चेक रिपब्लिकमा रहेका नेपालीहरुले वसन्तीको जिवन रक्षाका लागि गरेको सहयोगप्रति धन्यवाद ज्ञपान समेत गर्नु भएको छ । यसै विच त्यसरी चेक रिपब्लिकबाट सहयोग गर्नु हुने गुल्मी वामीका , मुसिकोट, बडागाऊँ अरेवा, बाग्लुङ्गको सिमलचौर , जलजला, भिमगिठे, उता नवलपरासी भरतपुर, अर्घाखाँची लगातका स्थानबाट सहयोग गर्नु हुने सहयोगदातालाई पिडित वसन्तीका परिवारको तर्फबाट रेसुङ्गा बहुमुखी क्याम्सका प्राध्यापक तथा वसन्ती बचाउ अभियानका जिल्ला संयोजक हरिबहादुर केसीले आभार प्रकट गर्नु भएको छ । स्मरण रहोस नेपाली चौतारी चेक रिपब्लिक नामक संस्थाले यस अघिका थुप्रै पिडितहरुको उद्धार समेत गर्दै आएको छ । वसन्तीलाई अन्य मुलुकबाट पनि सहयोग संकलन भई रहेको ओझेलका खवर संचालक सुनारले जानकारी गराउँदै उहाँले क्रमश उहाँहरुको विवरण सञ्चार माध्यमलाई दिने बताउनु भयो । ईजाराईलबाट मुसिकोट ५ कि बिद्या कार्कीले दिएको जानकारी अनुसार फेशबुक पेज गुल्मी केयर मार्फत वसन्ती बचाउ अभियान सुरु गरिएको छ । 

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग