Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

१८ यात्रु बोकेको नेपाल वायुसेवा निगमको जहाज सम्पर्कविहीन

Published on 3:59:00 PM //

४ फागुन, काठमाडौं । पोखराबाट जुम्लाका लागि उडेको नेपाल नेपाल एयरलाइन्सको टि्वनअटर जहाज ९ एन एबीबी सम्पर्कविहीन भएको छ । विमानमा चालक दलका ३ सदस्य र १५ जना यात्रु थिए । १५ यात्रु मध्ये एक बच्चा रहेका छन् ।
पोखराबाट १२ः४० मा उडेको विमान ठाडा भन्ने ठाउँसम्म पुगेपछि सम्पर्कविहीज भएको थियो । पोखरा टावरसँग १ बजेर ६ मिनेटमा अन्तिम सम्पर्क गरेको विमानले अन्तिम पटक भैरहवा टावरसँग सम्पर्क गरेको थियो ।
सम्पर्क टुट्नुअघिसम्म जहाज १० हजार ५०० फिटको उचाइमा रहेको त्रिवुभव विमानस्थल स्रोतले बताएको छ ।
विमान जुम्लामा पौन २ बजे नै अवतरण भइसक्नु पर्ने थियो । तर, अहिलेसम्म सम्पर्कमा आएको छैन । विमानको खोजी भइरहेको पोखरा विमानस्थलका एयर ट्राफिक प्रमुख प्रतावबाबु तिवारीले जानकारी दिएका छन् ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग